Successfully Copied

सोचमात्र होइन लुक्स पनि बोल्ड

हिजोआज युवती एवं महिलाहरूले फेसनेबल र बोल्ड देखिन आफ्नो छुट्टै स्टाइल विकसित गर्न थालेका छन् । स्टाइलबाटै एडिट्युडको विकास हुन्छ र यसैबाट अरूले आफूलाई सम्झन्छन् । कस्तो पहिरन लगाइएको छ भन्दा पनि कसरी क्यारी गरिएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

वर्तमान अवस्थामा महिलाहरूको क्षमता, आत्मविश्वास तथा सफलता प्राय: सबै क्षेत्रमा प्रमाणित भैसकेको छ । उनीहरूको सोच बोल्ड भएको छ र लुक्स एवं व्यक्तित्वमा समेत निखार आएको पाइन्छ । पहिरन शैली, मेकअप, बोल्डनेस वा इन्डिपेन्डेन्सी हरेक पक्षमा यस्तो परिवर्तन अनुभव गर्न सकिन्छ । 

हिजोआज युवती एवं महिलाहरूले फेसनेबल र बोल्ड देखिन आफ्नो छुट्टै स्टाइल विकसित गर्न थालेका छन् । स्टाइलबाटै एडिट्युडको विकास हुन्छ र यसैबाट अरूले आफूलाई सम्झन्छन् । कस्तो पहिरन लगाइएको छ भन्दा पनि कसरी क्यारी गरिएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । यसका लाई ब्रान्डेड, महँगा वा सस्ता पहिरन भन्ने हुँदैन, आफ्नो स्टाइल र विशेषताले नै त्यसलाई महत्वपूर्ण बनाउँछ ।

 स्टाइल अरूभन्दा फरक, बोल्ड र सुहाउँदो हुनुपर्ने कुरामा प्राय: सबै महिला सचेत देखिन्छन् । साडीका साथमा मैडरिन कलरको ब्लाउज, हल्टरनेक ब्लाउज, लोकट स्लिवलेस ब्लाउज वा नेट स्लिभ भएको ब्लाउज क्यारी गरेर बोल्ड अनि स्टाइलिस देखिने चाहना वा उदाहरण प्रशस्तै देख्न पाइन्छ । अब साडी, सलबार–कमिज बढ्दो उमेरको पहिरन भन्ने रहेन यो उमेरको सीमितता भन्दा बाहिर आइसकेको छ । अर्कातिर साडी तथा सलबार–कमिज जेनरेसनले पनि जिन्स, लङ पिस, टिसर्ट, सर्ट–पाइन्ट ट्राउजर आदिमा आरामदायक र स्टाइलिस महसुस गर्न थालेको छ । 

मेकअप आर्टिस्टहरूका अनुसार मेकअपले मानिसको बाहिरी सुन्दरता मात्र निखार्दैन उसलाई सबैका सामु प्रस्तुत गर्न आत्मविश्वाससमेत सिर्जना गर्छ । मेकअपमार्फत महिलाको आत्मविश्वास वृद्धि हुन्छ । यो आत्मविश्वासले काममा सफलतापूर्वक अघि बढ्न मद्दत गर्छ । बोल्ड मेकअपले उनीहरूलाई भीडभन्दा अलग बनाउँछ । बोल्ड देखिन अहिले ब्ल्याक वा ट्रान्सपरेन्ट सेडका मस्काराको साटो पिन्कदेखि ग्रिन तथा एलो सेडका कलरफुल मस्कारा प्रयोग गर्न थालिएको छ । यी कलरफुल सेड्सले आँखालाई ठूलो र सुन्दर देखाउँछन् अनि यी ब्ल्याक मस्काराको तुलनामा बढी आकर्षक पनि देखिन्छन् । बोल्ड लुकमा लिपिस्टिकका डार्क सेड्स जस्तै रेड र पिन्कले मुहारलाई आकर्षक लुक प्रदान गर्नुका साथै मुहारलाई लामो समयसम्म एनर्जेटिक देखाउँछ । 

यसैगरी बोल्ड मेकअपमा स्मोकी लुक रुचाइन्छ । आइब्रोज पूर्णरूपमा बढाएर वा सेप नदिई राखिन्छ वा सेपिङ गरिन्छ । सेपिङ गर्दा पोइन्टर्स नदिई स्ट्रेट राखिन्छ भने नङलाई नयाँ लुक दिन नेल आर्टसमेत प्रयोग गरिन्छ । 

 Image