Successfully Copied

मिस कोच इन्टरनेसनल

‘तिम्रा लागि परिवारको तुलनामा करियर कति महत्वपूर्ण हुन्छ ?’ भन्ने निर्णायकको प्रश्नमा सदापले भनेकी थिइन,‘मेरा लागि दुवै महत्वपूर्ण छन् । परिवारको सहयोग बिना करियर बनाउन असम्भव छ र, एउटा असल परिवार बनाउन व्यक्तिगत जीवनलाई सफल बनाउन पनि त्यतिनै आवश्यक छ ।’

मिस कोच इन्टरनेसन–२०१८को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले जितेकी छिन् । ‘तिम्रा लागि परिवारको तुलनामा करियर कति महत्वपूर्ण हुन्छ ?’ भन्ने निर्णायकको प्रश्नमा सदापले भनेकी थिइन,‘मेरा लागि दुवै महत्वपूर्ण छन् । परिवारको सहयोग बिना करियर बनाउन असम्भव छ र, एउटा असल परिवार बनाउन व्यक्तिगत जीवनलाई सफल बनाउन पनि त्यतिनै आवश्यक छ ।’

झापाको धुलाबारीमा उक्त जवाफ उत्कृष्ट भएपछि १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै २४ वर्षीया सदापले उपाधि हात पारेकी हुन् । प्रतियोगितामा भारत, उत्तर बंगालकी १९ वर्षीया प्रतिमा सिंह फस्ट रनरअप तथा झापा, धुलाबारीकी २० बर्षीया सोनाली राजवंशी सेकेण्ड रनर्सअप घोषित भए । झापा मिडिया हाउसले आयोजना गरेको यो प्रतियोगितामा नेपालका झापा र मोरङ तथा भारतका मेघालय, असम र उत्तर बंगालका युवतीहरू सहभागी थिए । 

 Image