Successfully Copied

गायन जोडीकी मोडल छोरी

एउटै क्षेत्रमा सक्रिय यो जोडीले यतिबेला आफ्ना प्रसंशकलाई एउटा रमाइलो सरप्राइज दिएका छन् । उनीहरूले आफ्नी छोरी अपेक्षा सिंह परियारलाई आफ्नै नयाँ गीतको म्युजिक भिडियोमा मोडलका रूपमा प्रस्तुत गरेका छ ।

अञ्जना गुरुङ सुगम संगीतका गीत गाएर चर्चामा आएकी गायिका हुन् । उनले गाएका चलचित्रका गीतहरू समेत उत्तिकै लोकप्रिय छिन् । कन्हैया सिंह परियार पनि सुगम संगीतका स्थापित गायक तथा संगीतकार हुन् । 

अञ्जना र कन्हैया दम्पती हुन् । एउटै क्षेत्रमा सक्रिय यो जोडीले यतिबेला आफ्ना प्रसंशकलाई एउटा रमाइलो सरप्राइज दिएका छन् । उनीहरूले आफ्नी छोरी अपेक्षा सिंह परियारलाई आफ्नै नयाँ गीतको म्युजिक भिडियोमा मोडलका रूपमा प्रस्तुत गरेका छ । 

हालै सार्वजनिक गायिका गुरुङको स्वरको ‘झिमझिम परेली...’ गीतको म्युजिक भिडियोमार्फत अपेक्षाले अभिनयमा पदार्पण गरेकी हुन् । अमेरिकामा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा अमेरिकामै बसोबास गरिरहेका नेपाली कलाकारहरूले सहकार्य गरेका छन् । 

 Image