Successfully Copied

क्यान्सरमुक्तहरूको फेसन शो

नेपालीको क्यान्सर उपचार नेपालमै भन्ने नाराका साथ क्यान्सर निदान र उपचारमा विगत आठ वर्षदेखि सेवारत नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुर तथा ‘नेपाल क्यान्सर सपोर्ट गु्रप नामक गैरसरकारी संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम संचालन गर्न लागिएको हो ।

नेपाल क्यान्सर सपोर्ट गु्रपको आयोजनामा नियमित उपचारपछि क्यान्सरबाट मुक्त भएकाहरूलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक पहिरन प्रदर्शनी एवं नृत्य कार्यक्रम प्रस्तुत हुने भएको छ । यो कार्यक्रम प्रतियोगितात्मक नभएर सहभागितामूलक हुनेछ ।

यो विशेष फेसन शो पुस २७ गते सानेपास्थित हेरिटेज गार्डेनमा संचालनमा आउनेछ । ‘सुदीप्त क्यान्सर सर्भाइभल र्‍याम्प शो’ शीर्षक दिइएको उक्त पहिरन प्रदर्शनी तथा नृत्यमा क्यान्सर रोग निको भएर नयाँ जीवन बिताइरहेका तीसभन्दा बढी महिला तथा पुरुष सहभागी हुने बताइएको छ । 

नेपालीको क्यान्सर उपचार नेपालमै भन्ने नाराका साथ क्यान्सर निदान र उपचारमा विगत आठ वर्षदेखि सेवारत नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुर तथा ‘नेपाल क्यान्सर सपोर्ट गु्रप नामक गैरसरकारी संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम संचालन गर्न लागिएको हो । 

रोग नलुकाई समयमै उपचार गरे क्यान्सर निको हुन्छ र क्यान्सर भैसकेपछि पनि जीवन अझै बाँकी छ भन्ने सन्देश दिन पहिलोपटक यस्तो शो गर्न लागिएको सुदीप्त सर्भाइभल र्‍याम्प शोकी संयोजक स्वरूपा श्रेष्ठले बताइन् । उक्त कार्यक्रममा क्यान्सर निको भएकाका अतिरिक्त चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै प्रतिष्ठित व्यक्तित्व, समाजसेवी, कलाकार एवं खेलाडीहरूसमेत सहभागी हुनेछन् ।

 Image