Successfully Copied

लङ हेयरमा सुहाउँदो स्टाइल

केशमा एस ब्लन्ड गरेको र ट्रिटमेन्ट नगरिएकाले मायाको केश सुख्खा देखिएको छ । यस्तो केशमा महिनाको दुई पटक ओयल मसाजका साथै स्याम्पुसँगै कन्डिसनर र ट्रिटमेन्ट क्रिम जरुरी हुन्छ । यस्तो सुख्खा र ड्यामेज केशमा कैराटिन ट्रिटमेन्ट अझ लाभदायक हुन्छ ।

महिलाहरूको सौन्दर्यमा केशको महत्वपूर्ण भूमिका हुन्छ । लामो केश सुन्दरताको प्रतीक भए पनि केशलाई आफ्नो रूप, रंग र पहिरनअनुसार मिलाउन जानिएन भने त्यसले नकारात्मक प्रभाव देखाउन सक्छ । मायाको केश लामो र ड्राई छ ।

केशमा एस ब्लन्ड गरेको र ट्रिटमेन्ट नगरिएकाले मायाको केश सुख्खा देखिएको छ ।

यस्तो केशमा महिनाको दुई पटक ओयल मसाजका साथै स्याम्पुसँगै कन्डिसनर र ट्रिटमेन्ट क्रिम जरुरी हुन्छ । यस्तो सुख्खा र ड्यामेज केशमा कैराटिन ट्रिटमेन्ट अझ लाभदायक हुन्छ ।

 लामो केशमा क्याजुअल वेयर लगाउँदा स्ट्रेट वा वेभी गर्दा लुक्स राम्रो देखिन्छ । त्यस्तै पार्टी वेयरमा हल्का ब्याक कोम गरी भोलुम उठाई हल्का कर्ली गरेर एक साइडमा ल्याउँदा  आकर्षक देखिन्छ । 

मेकअप तथा हेयर स्टाइल : रिना अवाले, प्योर स्टाइलिस्ट ब्युटी होम, नटोल, पुल्चोक

मोडल : माया श्रेष्ठ

तस्बिर : नवराज वाग्ले

 

 Image