Successfully Copied

भर्सटायल सुम्निमा

‘तिमी र जनता मेरा लागि बराबर हुन्, राष्ट्रका सम्पूर्ण जनता मेरा सन्तान हुन् तसर्थ तिमी र उनीहरूमा कुनै फरक छैन मेरा लागि’–उतिबेला आफ्ना बुवाको वाणी दुरुस्त उतार्दै सुम्निमाले भनिन्–‘यही सिकाइएको थियो हामीलाई । अभिभावक प्रेम र वात्सल्यका रूपमा यस्तै र यति मात्र सुन्दै

 

भर्सटालिटी सबैमा हुँदैन । भए पनि कतिपय क्षमता निस्क्रिय देखिन पुग्छन् । नेपालको उच्च राजनीतिक घरानाकी सुम्निमा बाँस्तोलामा भएका सम्पूर्ण क्षमता व्यावहारिक छन् । नेपाली, अंग्रेजी, चाइनिज तथा हिन्दी भाषामा प्रखर सुम्निमा भारतकै उच्च प्रतिष्ठित शैक्षिक संस्था डिपिएसकी उत्पादन हुन् ।

५ वर्षको उमेरमा आमा स्वर्गीय भएपछि भारतमै होस्टल जीवन बिताएकी सुम्निमा बाल्यावस्थादेखि नै आमा–बुवाको मायाबाट वञ्चित हुन पुगिन् । ‘तिमी र जनता मेरा लागि बराबर हुन्, राष्ट्रका सम्पूर्ण जनता मेरा सन्तान हुन् तसर्थ तिमी र उनीहरूमा कुनै फरक छैन मेरा लागि’–उतिबेला आफ्ना बुवाको वाणी दुरुस्त उतार्दै सुम्निमाले भनिन्–‘यही सिकाइएको थियो हामीलाई । अभिभावक प्रेम र वात्सल्यका रूपमा यस्तै र यति मात्र सुन्दै हुर्कियौं हामी । त्यसैको प्रभाव होला आत्मनिर्भर र स्वावलम्बी हुन सिकियो ।

नेपाली कांग्रेसका नेता स्व. चक्रप्रसाद बाँस्तोला तथा स्व. मधु बाँस्तोलाकी जेठी छोरी सुम्निमा तत्कालीन उप–प्रधानमन्त्री शैलजा आचार्यको छत्रछायामा हुर्किएकी हुन् । ठूलीआमा भए पनि वैधानिक आमाकै रूपमा आचार्यले सुम्निमाको शिक्षा–दीक्षालगायत करियरमा महत्वपूर्ण भूमिका खेलिन् । डिपिएसपछि सुम्निमाले भारतसरकारअन्तर्गतको नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमा ५ वर्षे फेसन डिजाइनिङ अध्ययन गरिन् । सोही क्रममा उनले प्रख्यात भारतीय डिजाइनर मुजफर अली, विक्रम फन्डिस, रोहित बल, जेजे बलायर, मनीष मल्होत्रा आदिका डिजाइनरसँग इन्डिया फेसन विक तथा फेसन मिडियामा थुप्रै काम गरिन् ।

‘निश्चित गाइड लाइनभित्र बसेर फेसन फोरकास्ट गरिन्छ, डिजाइनरले अबको २–४ वर्षमा फेसनमा के हुँदैन भन्ने कुरा पहिले नै थाहा पाउँछन् । त्यही फोरकास्टभित्र बसेर डिजाइनरले आफ्नो सिर्जनशीलतालाई प्रोडक्टसम्म पुर्‍याउँछन् जसको आ–आफ्नै शैली हुन्छ । यी समग्र गाइड लाइनभित्र बसेर आफ्ना सिर्जना फैलाउनु नै फेसन डिजाइनिङ हो ।’ पेसागत ज्ञानमा अब्बल सुम्निमा भन्छिन्–‘म कन्टेम्पोररी डिजाइनर हुँ । स्वरोस्की साडी अहिले मेरा लेटेस्ट डिजाइन हुन् ।

नेपाली परम्परागत शैली र कलालाई परिधानमार्फत अन्तर्राष्ट्रिय बजारमा लान मैले एसिया तथा एसिया प्यासिफिक क्षेत्रमा काम सुरु गरिसकेकी छु । म जन्मभूमिमै बसेर आफ्ना डिजाइन संसारभर फैलाउन चाहन्छु । त्यसैले मेरा डिजाइनले नेपालबाहेक चाइना, इन्डोनेसिया, दुबई, सिंगापुर, मलेसिया, भारत आदि मुलुकमा पिकअप लिँदैछन् ।’

सुम्निमाले माइती नेपालको बोर्डमा बसेर काम गरेको लामो समय भैसक्यो, त्यसबाहेक उनी आफू अध्यक्ष रहेको सर्वेश्वरीमार्फत न्युरोसाइक्याट्रिक तथा मेन्टल हेल्थको काममा पनि उत्तिकै सक्रिय छिन् ।

सर्वेश्वरीमार्फत मानसिक रूपमा स्वस्थ हुन के आवश्यक छ भन्ने विषयमा सयभन्दा बढीलाई तालिम प्रदान गरिसकेको उनले बताइन् । भारत, चीन, क्यानाडा, दुबई आदिमा जीवनका ऊर्वर समय बिताएकी सुम्निमा टेलिकम कन्सल्टेन्टसमेत हुन् । उनका अनुसार नेपाल आर्ट, कल्चर तथा हेरिटेजको दृष्टिले अत्यन्तै धनी मुलुक हो । यहाँको कला बाहिरी विश्वसम्म पुर्‍याउन सके मुलुकको समृद्धि सम्भव छ तसर्थ नेपालमै काम गरेर बस्ने आफ्नो धोकोअनुरूप उनले कुपण्डोलमा सुम्निमा बाँस्तोला ब्रान्ड सुरु गरेकी छिन् ।

 

 Image