Successfully Copied

जाडोमा छालाको समस्या

जाडोमा घाममा बस्ने तथा हिटर ताप्ने काम गरिन्छ, यसले गर्दा छाला सुख्खा हुँदै जान्छ । यतिबेलाको घाम चर्को हुने भएकाले अनुहारमा पहिले नै चायाँ भएकाहरूको चायाँ एवं चाउरीपन वृद्धि हुन्छ । जाडो मौसममा कडा खालका साबुन प्रयोग गर्दा पनि छाला सुख्खा हुन्छ ।

- जाडोमा मौसमको आद्र्रता कम हुने भएकाले छाला सुख्खा हुने, हातखुट्टाका साथै ओठ फुट्ने, केश सुख्खा हुने तथा चायाँ पर्ने समस्या देखिन्छ । 

- जाडोमा हातखुट्टा सुन्निने तथा चिलाउने समस्या पनि देखा पर्छ । शरीरमा विभिन्न किसिमका एलर्जी देखिन्छन् । 

- जाडोमा न्यानोका लागि ऊनीका पहिरन लगाइन्छ । यसले पनि कतिपयलाई एलर्जी हुनसक्छ । 

- जाडोमा घाममा बस्ने तथा हिटर ताप्ने काम गरिन्छ, यसले गर्दा छाला सुख्खा हुँदै जान्छ । यतिबेलाको घाम चर्को हुने भएकाले अनुहारमा पहिले नै चायाँ भएकाहरूको चायाँ एवं चाउरीपन वृद्धि हुन्छ । जाडो मौसममा कडा खालका साबुन प्रयोग गर्दा पनि छाला सुख्खा हुन्छ । 

समाधानका लागि 

घाममा बस्दा तथा घरबाहिर निस्कदा एसपीएफयुक्त सनस्क्रिन लगाउनुपर्छ । साबुनको प्रयोग कम गर्नुपर्छ । बालबालिकाको साबुन वा ग्लिसिरिनयुक्त साबुन प्रयोग गर्नु वेश हुन्छ । माइल्ड फेसवास प्रयोग गर्न सकिन्छ । त्यसपछि मोइस्चराइजर प्रयोग गर्नुपर्छ । यतिबेला जाडो हुने भएकाले पानी कम पिइन्छ । पानी कम हुँदा पनि हातखुट्टा फुट्ने भएकाले प्रशस्त मात्रामा मन तातोपानी पिउनुपर्छ । जाडोका लागि भनेर तयार पारिएको मोइस्चराइजर क्रिम लगाउनुपर्छ । जाडोमा पानी, रोजवाटर तथा कागती मिसाएर ग्लिसिरिन लगाउनुपर्छ ।

धेरै तातोभन्दा पनि मन तातोपानीले नुहाउनुपर्छ । नुहाउनासाथ मोइस्चराइजर लोसन प्रयोग गर्नुपर्छ । केशलाई रुखो हुनबाट जोगाउन हप्तामा एकपटक तेल मसाज गराउनुपर्छ । एलर्जीबाट जोगिन ऊनीको पहिरनभित्र सुतीको पहिरन लगाउनुपर्छ ।

 Image