Successfully Copied

मिस तथा मिस्टर नेपाल हङकङ २०१८ को उपाधी प्रिया र मनिषलाई

हङकङ याउमातेई स्थित कम्युनिटी हलमा प्रमुख निर्णायक रचना गुरुङ् शर्माको “हङकङमा नेपालीहरुको समस्या र समाधानका उपायहरु के के हुन् ?” भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै प्रियाले मिस नेपाल हङकङको ताज जितेकी हुन् ।

मिस नेपाल हङकङ सोसाईटीको आयोजनामा मिस नेपाल हङकङको ९ औँ संस्करण सम्पन्न भएको छ । यस बर्षको विजेता बनिन् प्रिया गुरुङ । हङकङ याउमातेई स्थित कम्युनिटी हलमा प्रमुख निर्णायक रचना गुरुङ् शर्माको “हङकङमा नेपालीहरुको समस्या र समाधानका उपायहरु के के हुन् ?” भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै प्रियाले मिस नेपाल हङकङको ताज जितेकी हुन् । उनलाई गत बर्षकी विजेता सुस्मा लिम्बुले ताज पहि¥याईदिईन । 

प्रतियोगितामा सहभागीहरुले, निर्णायकहरु मिस नेपाल अफिसियल कोरियोग्राफर रचना गुरुङ शर्मा, एनआरएनए अध्यक्ष टिका गुरुङ, नव नायक धिरज मगर, निर्देशक युगल पोमो, मिस नेपाल हङकङ २००० फस्ट रनरअप कविता गुरुङ, सामाजिक अभियान्ता सुरविन वान्तवा लगायतले सोधेको प्रश्नहरुको उत्कृष्ट जवाफ दिदै टप ५ मा पुगेका थिए । प्रतियोगीहरुले सेन्स अफ क्लिक, सामसाम, एचके नेपाल ढाका बुटिकका उत्कृष्ट डिजाईनहरु ईभिनिङ् गाउन, कल्चरल, कक्टेल राउण्डमा प्रस्तुत गरेका थिए । 

प्रतियोगितामा नेहा राई र जानिभा श्रेष्ठ क्रमश फस्ट र सेकेन्ड रनरअप बने । प्रथम, दोश्रो र तेश्रोलाई क्रमश दश हजार, सात हजार, पाँच हजार हङकङ डलर र ताज प्रदान गरिएको थियो ।

अन्य टाईटलहरुमा मिस पर्सनालिटी सविना गौचन, मिस कन्जेनेलिटी माधुरी लिम्बु, मिस नेक्स्ट टप मोडल नुमा लिम्बु, मिस फेशन आईकन र फोटो जेनिक जानिभा श्रेष्ठ, मिस ट्यालेण्ट नेहा राई, मिस अडियन्स च्वाईस मेलिना गुरुङले जितिन । मिस पपुलरको टाईटल बिजेता प्रिया गुरुङ नै बनिन् । कार्यक्रम मिस नेपाल ईन्टरनेशनल २०१२ सुभेक्षा खड्काले सञ्चालन गरेकी थिईन ।   

१८ बर्षदेखि २५ बर्षसम्मका अविवाहित युवतीहरुबीच सन् १९९८ देखि मिस नेपाल हङकङको आयोजना गरिदै आएको छ । सर्च अफ ब्युटी विथ ब्रेन भन्ने मूल नाराको साथमा स्थापना गरिएको मिस हङकङ सोसाईटीले हङकङमा बसेर यहा“को सीप, ज्ञान र सकारात्मकता संसारभरि फैलाउ“न अवसरको श्रृजना गरिदिएको छ । विगतका सहभागी र विजेताहरुले हङकङ र नेपालका विभिन्न सामाजिक गतिविधी र योगदानमा आफुलाई समाहित गरिरहेका छन्, हाम्रो आवश्यकता र लक्ष्य पनि यहि हो, सोसाईटीका अध्यक्ष्ँ लोकराज आङ्बुहाङ बताउ“छन् । 

मिस्टर नेपाल हङकङ २०१८ 

लामो समयको अन्तरालपछी आयोजना भएको मिस्टर नेपाल हङकङको उपाधी मनिष लिम्बुले जितेका छन् । मिस नेपाल हङकङसँगै आयोजना गरिएको प्रतियोगितामा बडिबिल्डङ्का विभिन्न उत्कृष्ट पोजिङ्हरु दिदै मनिष उत्कृष्ट बने । मिस्टर नेपाल हङकङ र बेष्ट पोजको उपाधी पाएका मनिषले प्रमाणपत्र सहित ८ हजार डलरको धनराशि पाए । फस्ट रनरअप सिपी सुनुवार र सेकेन्ड रनरअप रित विक्रम मल्लले क्रमश ६ हजार र ४ हजार डलर पुरस्कार पाए । 

हामीले प्रत्येक बर्ष मिस्टर हङकङ नेपाल आयोजना गर्नु पर्ने भएपनि विविध कारणले समयको अन्तराल बढिरहेको छ । ब्यस्त समय काम गर्नै पर्ने बाध्यताले पनि खेलका लागि पर्याप्त समय दिन सक्दैनन् खेलाडीहरुले तर हामीले निरन्तरता दिनका लागि प्रयास गरिरहेका छौ । खेल हाम्रो स्वास्थ्यस“ग जोडिएको छ, सवैले चाडै यसको महत्व अझ बुझ्नु हुनेछ सन् १९९८ का पहिलो मिस्टर हङकङ नेपाल रोशन लिम्बु बताउँछन् । 

मिस नेपाल हङकङको विजेताले मिस नेपालको टप २५ मा सिधै प्रवेशका 

यो बर्षको मिस नेपाल हङकङको विजेताले मिस नेपालको टप २५ मा सिधै प्रवेश पाउँने भएका छन् । मिस नेपालको आयोजक संस्था हिडन ट्रेजरका निर्देशक प्रमोद कसांकार र मिस नेपाल हङकङका अध्यक्ष लोकराज आङ्बुहाङबीच सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भए पश्चात मिस नेपाल हङकङको विजेताले मिस नेपालको टप २५ मा सिधै प्रवेश पाएका हुन् । 

हिडन ट्रेजरका निर्देशक तथा चियरपर्शन गोपाल शुन्दर कक्षपतीले भिडियो म्यासेज मार्फत मिस हङकङ नेपालका विजेता र आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए । देश, विदेशका बे्रन ह्विथ ब्युटीको सहकार्यले देशलाई नै प्रतिनिधीत्व गर्ने मिस नेपाल तयार हुन्छन् यो हाम्रो गौरव हो उनले भने ।   

तस्बिर ः हरिहाङ् तिगेला 

 Image