Successfully Copied

इन्टेरियरमा डायनिङ आर्ट

फोल्डिङ डायनिङ टेबलको उपयोग धेरैजसो कमर्सियल पर्पजका लागि गरिन्छ, कारण प्रयोगपछि यसलाई हटाउन सकिन्छ । अनावश्यक हुँदा स्टोर रुममा राखेर पाहुनाहरू आउँदा मात्र प्रयोग गर्न सकिन्छ । बजारमा काठबाहेक स्टिल, आल्मुनियम आदिका फोल्डिङ डायनिङ टेबलसमेत उपलब्ध हुन्छन् ।

डायनिङ टेबल त्यो ठाउँ हो जहाँ सम्पूर्ण परिवार सँगै बसेर खाना खाइन्छ र एक–अर्कासँग दिनभरिका गतिविधिका सम्बन्धमा कुराकानी गरिन्छ । त्यसैले डायनिङ टेबल सुन्दर एवं आरामदायक हुनु आवश्यक छ । डाइनिङ टेबल आफ्नो डायनिङ रुमको साइजअनुसार खरिद गर्नुपर्छ । कतिपयले फेसनमा यस्तो छ भनेर आवश्यकताभन्दा ठूला वा साना डायनिङ टेबल किनिरहेका हुन्छन् तर त्यसले डायनिङ रुमको सुन्दरता नै लुकाइरहेको हुन्छ ।

राउन्ड डायनिङ टेबल

राउन्ड डायनिङ टेबल सधैं फेसनमा छ । यसले डायनिङ रूमलाई क्लासिक लुक प्रदान गर्छ । राउन्ड टेबल मोर्डन वा ट्रेडिसनल कुनै पनि प्रकारको इन्टेरियरसित म्याच गर्छ । राउन्ड टेबल ठूलो साइजको हुन्छ । डायनिङ रुम ठूलो छ भने राउन्ड टेबल सबैभन्दा राम्रो विकल्प हो । यसले डायनिङ रुमलाई स्टाइलिस एवं क्लासी लुक प्रदान गर्छ ।

फोल्डिङ डायनिङ टेबल

हिजोआज धेरैजसोको घरमा सानो तथा कोजी डाइनिङ रुम हुन्छ । यस्तो डाइनिङ रुमका लागि फोल्डिङ डायनिङ टेबल उपयुक्त विकल्प हुनसक्छ । फोल्डिङ भएका कारण यसलाई भित्तामा फिट गरेर राख्न सकिन्छ र आवश्यकता नभएका बेला फोल्ड गरी थन्क्याउन सकिन्छ । फोल्डिङ डायनिङ टेबलको उपयोग धेरैजसो कमर्सियल पर्पजका लागि गरिन्छ, कारण प्रयोगपछि यसलाई हटाउन सकिन्छ । अनावश्यक हुँदा स्टोर रुममा राखेर पाहुनाहरू आउँदा मात्र प्रयोग गर्न सकिन्छ । बजारमा काठबाहेक स्टिल, आल्मुनियम आदिका फोल्डिङ डायनिङ टेबलसमेत उपलब्ध हुन्छन् ।

स्क्वायर डायनिङ टेबल

सानो डायनिङ रुमका लागि स्क्वायर डायनिङ टेबल पनि राम्रो विकल्प हो । यो सानो र ठूलो सबै साइजमा पाइन्छ । त्यसैले यो हरेक डायनिङ एरियामा फिट हुन्छ । परिवार सानो छ र घरमा धेरै ठाउँ छैन भने चार सीटको सानो खालको डायनिङ टेबल प्रयोग गर्न सकिन्छ । यसलाई कोठाको एउटा कुनामा राख्न सकिन्छ । हिजोआज विशेष गरी सहरमा चार सीटको डायनिङ टेबलको माग छ ।

वुडन डायनिङ टेबल

फेसनमा रहने क्लासी वुडन डायनिङ सधैं सबैको पहिलो रोजाइ हुने गरेको छ । टिकाउ भएका कारण यो लोकप्रिय पनि छ । यसलाई ठूला–साना सबै घरमा प्रयोग गर्न सकिन्छ र यो २ कुर्सीदेखि १२ कुर्सीसम्मको पाइन्छ । काठको टेबल धेरैजसो लाइट वा डार्क ब्राउन तथा ब्ल्याक कलरमा मन पराइन्छ ।

ग्लासको रोजाइ

हिजोआज सिसाका डायनिङ टेबलको माग बढी छ । यो कुनै पनि इन्टेरियरसित म्याच हुन्छ र यसले रुमलाई स्टाइलिस लुक प्रदान गर्छ । बजारमा सिसाका डायनिङ टेबलको भेराइटी कम पाइए पनि डिजाइन तथा कलर प्रिन्टको छनोटमा भने प्रशस्त विकल्प उपलब्ध हुन्छ । फूल र पातको डिजाइनयुक्त सिसाका डायनिङ टेबल पर्याप्त रुचाइएको पाइन्छ । सिसाका ६ तथा ८ सीटयुक्त टेबल अफिस एवं ठूला घरका लागि उपयुक्त हुन्छन् । दुई जनाको सानो राउन्ड ग्लास टेबल पनि धेरैको रोजाइमा छ ।

 Image