Successfully Copied

पहिलो मिस नोबेल नेपाल प्रिया मल्ल

एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौद्धिक एबं सौन्दर्य प्रतियोगिता ‘मिस नोबेल नेपाल २०१९’ उपाधी प्रिया मल्लले जित्न सफल भएकी छन् । उनले उपाधी सहित बेस्ट फोटोजेनिक, बेस्ट ड्रेस्स र मस्ट पपुलरको ताज पनि प्राप्त गर्न सफल भईन ।

राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न प्रतियोगीताको फस्ट रनरअपमा रश्मी बर्तौला घोसित भईन, उनले उपाधी सहित मस्ट स्मार्टको टाईटल पनि प्राप्त गरिन । त्यस्तै सेकेन्ड रनरअपमा सुष्मा तिमल्सिना घोसित भईन उनले उपाधी सहित बेस्ट पर्सानालिटीको  उपाधी पनि प्रात गरिन ।

अन्य प्रतिस्प्रधीहरुले बिभिन्न विधामा सबटाईटल प्राप्त गरेका थिए, जसमा बेस्ट ट्यालेन्ट स्मृति लुंगेली, बेस्ट स्किन कबिता तामाङ्ग , मस्ट एक्टिभ प्रकृति रंजितकारले प्राप्त गरे ।

अन्तिम प्रतिस्पर्धाको निर्णायकहरुमा आरजे तथा मोडल कला सुब्बा, मोडल तथा अभिनेता बिनय श्रेष्ठ, अभिनेत्री मारिस्का पोखरेल, मिस ईको ईन्टरनेसनल बिजेता मौनता लामा र मिस्टर ह्यान्ड्सम रनरअप बैभभ उपाध्याय रहेका थिए । 

 Image