Successfully Copied

टेरो कार्ड अनुसार सन् २०१९ को राशिफल

मेष कार्यक्षेत्र : यो वर्ष केही चकित पार्ने घटनाले प्राथमिकता पाउनेछ । राम्रा–नराम्रा दुवै किसिमका समाचारको सम्मिश्रण रहनेछ, जसले तपाईंलाई केही सिक्न प्रेरित गर्नेछ । कार्यालयमा देखाउने ऊर्जा र संकल्पले तपाईलाई सबैको आँखामा राख्नेछन् । 

मेष

कार्यक्षेत्र : यो वर्ष केही चकित पार्ने घटनाले प्राथमिकता पाउनेछ । राम्रा–नराम्रा दुवै किसिमका समाचारको सम्मिश्रण रहनेछ, जसले तपाईंलाई केही सिक्न प्रेरित गर्नेछ । कार्यालयमा देखाउने ऊर्जा र संकल्पले तपाईलाई सबैको आँखामा राख्नेछन् । 

प्रेम : प्रेम सम्बन्धलाई अझ रमाइलो र बलियो बनाउन आफ्नो बानी व्यवहारमा परिवर्तन ल्याउनु पर्नेछ । तपाईको स्वभावले विपरीत लिंगीलाई आकर्षित गर्नेछ । 

स्वास्थ्य : स्वास्थ्य अनुकूल राख्न आफ्नो जीवनशैलीमा केही परिवर्तन ल्याउनुहोला । मनलाई तनावरहित राख्न सक्नुभयो भने धेरै किसिमका स्वास्थ्य समस्याबाट छुटकारा पाउनु हुनेछ ।

 

वृष

कार्यक्षेत्र : वर्ष रोमान्चकारी रहनेछ । तपाईंको कठोर मेहनतको प्रतिफल प्राप्त हुने समय आएको छ । यही बेला आफ्नो भविष्यको खाका कोर्नुभयो भने त्यसमा केही हदसम्म सफलता प्राप्त हुने देखिन्छ । 

प्रेम : दाम्पत्य जीवनमा व्यवसायको छाया“ पर्न नदिनु होला । आफ्ना निजी क्ष्ँणहरूमा कार्यक्षेत्रस“ग सम्बन्धित कुरा नगर्नु नै बुद्धिमानी हुनेछ । प्रेम जीवनलाई रमाइलो बनाउन ख्याल ठट्टामा जोड दिनु होला ।

स्वास्थ्य : कार्यक्षेत्रको बोझले शरीरमा प्रतिकूल प्रभाव पार्ने सम्भावना छ । काममा निस्कनुअघि आफ्नो शरीरको विशेष ख्याल गर्नुहोला । खासगरी पानी परेको समयमा सचेत रहनु पर्नेछ ।

 

मिथुन

कार्यक्षेत्र : वर्षभरि नै एकपछि अर्को गर्दै सकारात्मक तथा नकारात्मक परिणामहरूले पछ्याइरहने छन् । कुनै खबरले सुख दिनेछन् भने कुनै खबरले चिन्तित बनाउने छन् । कार्यक्षेत्रको कतिपय तनावले व्यक्तिगत जीवनमा समेत हस्तक्षेप गर्ने सम्भावना छ ।

प्रेम : अविवाहित हुनुहुन्छ भने प्रेम प्रस्ताव राख्ने समय आएको छ । विवाहित हुनुहुन्छ भने सन्तान सुखको समाचार प्राप्त हुने देखिन्छ ।

स्वास्थ्य : यो वर्ष केही शारीरिक समस्याको सामना गर्नुपर्ला । त्यसबाट जोगिन सन्तुलित आहार एवं व्यायाममा जोड दिनुहोला । दीर्घरोगी हुनुहुन्छ भने चिकित्सकको सल्लाहलाई निरन्तर पछ्याउनु पर्नेछ ।

 

कर्कट

कार्यक्षेत्र : सिर्जनशीलताले भरिपूर्ण वर्ष छ । कार्यक्षेत्रमा पदोन्नति तथा व्यापार विस्तार हुने तथा नया क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । सानो गल्ती पनि अक्षम्य हुन सक्छ, तसर्थ कार्यक्षेत्रमा बोली एवं व्यवहारमा नियन्त्रण राख्नुहोला । 

प्रेम : दाम्पत्य जीवनमा अनपेक्षित खुसी फक्रनेछ । पहिलो तथा अन्तिम ३ महिना प्रेममय रहनेछ । उक्त समयमा जीवनसाथी वा प्रेमी–प्रेमिकासँगको सम्बन्ध अनुकूल रहला । 

स्वास्थ्य : स्वास्थ्यको दृष्टिले वर्ष मध्यम रहनेछ । आमा वा श्रीमतीको स्वास्थ्य बिग्रिएर तनाव सिर्जना हुनसक्छ । तनावका बेला असंयमित हुन पुग्नुभयो भने स्वयं तपाईंको स्वास्थ्य संकटमा पर्न सक्छ ।

 

सिंह

कार्यक्षेत्र : भविष्यका योजनाहरूका लागि स्पिड गियरमा जाने समय आएको छ । योजनाअनुसारको मेहनतले सफलता प्रदान गर्नेछ । त्यस्तो सफलताले तपाईंलाई आत्मविश्वासले भरिपूर्ण बनाउनेछ, जसले कर्मक्षेत्रमा अपराजित रहनसमेत सघाउनेछ ।

प्रेम : प्रेम जीवन न्यानो एवं सौहार्दपूर्ण रहनेछ । विवाहित हुनुहुन्छ भने श्रीमती तथा छोराछोरीको मायाले ऊर्जावान् राख्नेछ । अविवाहित हुनुहुन्छ भने प्रेमी–प्रेमिकाको न्यानो आतिथ्य अर्थपूर्ण रहनेछ ।

स्वास्थ्य : बढ्दो खर्चले तनाव दिनेछ । त्यस्तो तनावले खासगरी रक्तचाप बढाउन सक्छ । तनावका बेला शान्त रहनु र कसैस“ग कुनै पनि किसिमको वादविवाद नगर्नु मै तपाईंको हित छ ।

 

कन्या

कार्यक्षेत्र : यो वर्ष कर्मक्षेत्रमा बेहोर्नुपर्ने खराब तथा असल अनुभवले धेरै कुरा सिकाउनेछ । खासगरी तपाईंको लगनशीलताले भविष्यका लागि सकारात्मक संकेत दिनेछ । हुनसक्छ, तपाईंको मेहनतले पदोन्नतिको आधार तयार गर्नेछ । 

प्रेम : रिस तथा आवेगमा नियन्त्रण आवश्यक छ अन्यथा जीवनसाथीसँगको खटपटले प्रेमजीवन तनावपूर्ण हुनसक्छ । अविवाहित हुनुहुन्छ भने विपरीतलिंगीको प्रतिकूल व्यवहारलाई पनि पचाउन सक्नुपर्नेछ । 

स्वास्थ्य : रिस तपाईंको शत्रु हो । मनलाई नियन्त्रण राख्ने प्रयास गर्नुहोला । दुर्घटनामा परिने योग भएकाले आवेगमा रहेका बेला सवारी साधन नचलाएकै वेश हुन्छ ।  

 

तुला

कार्यक्षेत्र : जीवनका अत्यन्त जरुरी आवश्यकताहरूको जोहो गर्न कार्यक्षेत्रमा बढी मेहनत गर्नुपर्नेछ । भविष्य सुरक्षित तुल्याउन यो वर्ष गरिएको लगानी फलदायी हुनेछ । कार्यक्षेत्रमा आफूभन्दा माथिका हाकिमलाई सम्भव भएसम्म नचिढाउनुहोला । 

प्रेम : तपाईंको अति विश्वासले प्रेमी–प्रेमिकालाई चिढाउन सक्छ । त्यसैले प्रेमिल क्षणहरूमा सुपरस्टार बन्ने प्रयास नगर्नुहोला । 

स्वास्थ्य : केही शारीरिक पीडाले मानसिक तनाव दिनेछ । औषधी खाने विषयमा हेल्चेक्र्याइ गर्दा त्यसको नकारात्मक प्रभाव शरीरमा देखापर्न सक्छ । सम्भव भएसम्म चिकित्सकको सल्लाहलाई पछ्याउनुहोला ।

 

वृश्चिक

कार्यक्षेत्र : अति विश्वासले तपाईंसमक्ष तेर्सिएको चुनौतीको पहाडलाई दुर्गम्य बनाउनेछ । कर्मक्षेत्रमा वरिष्ठ अधिकारीहरूको कोपभाजनको सिकार बन्नुपर्ने हुनसक्छ । यस्तो स्थितिले उकालो लाग्न थालेको तपाईंको करियरमा अवरोध सिर्जना गर्नेछ ।

प्रेम : तपाईं जसका बारेमा सोच्नुहुन्छ उनीहरूले तपाईंका बारेमा कुनै पनि कुरा सोच्ने छैनन् । अर्को अर्थमा तपाईं एकतर्फी प्रेममा हुनुहुन्छ । यस्तो स्थितिले तपाईंको कर्मक्षेत्रलाई समेत प्रभावित तुल्याउनेछ । 

स्वास्थ्य : शारीरिक व्यायाममा देखिएको अनियमितता खतरनाक सावित हुनसक्छ । दक्ष ट्रेनरस“ग व्यायाम प्रशिक्षण लिनुहोला ।

 

धनु

कार्यक्षेत्र : कर्मक्षेत्रमा अहिले तपाईं निर्णयकर्ताको स्थितिमा हुनुहुन्छ । तपाईंको निर्णय हाकिमहरूका लागि अकाट्य तथा कनिष्ठहरूका लागि अनुकरणीय हुनेछ । 

प्रेम : प्रेम जीवनमा रोमान्चकता ल्याउन विपरीतलिंगीसँगको तपाईंको व्यवहार निर्णायक हुनेछ । प्रेमपूर्ण क्षणहरूमा तपाईंको अग्रसरता अर्को पक्षका लागि जुनसुकै अवस्थामा पनि स्वीकार्य हुनेछ । 

स्वास्थ्य : शान्त पारिवारिक वातावरणमा रमाउन सिक्नु होला । परिवारका सदस्यहरूको कुरा मनन गर्नु तपाईंकै हितमा हुनेछ । योग तथा ध्यानले स्वस्थ राख्न सघाउनेछ । कामको बोझ घरमा नल्याउनु होला ।

 

मकर

कार्यक्षेत्र : उत्साहपूर्ण समय छ । यो वर्ष तपाईंका धेरै योजना पूरा हुनेछन् । कार्यालयमा हाकिम र कनिष्ठ दुवैले तपाईंको कठोर मेहनतको प्रतिफल दिने विषयमा सोच्नेछन् । तपाईंको कामले सहकर्मीहरूसमेत उत्साही हुनेछन् ।

प्रेम : विवाहित हुनुहुन्छ भने सन्तान सुखको अवसर आएको छ । अविवाहित हुनुहुन्छ भने तपाईंका अभिभावकले तपाईंको विवाहको तयारी गर्नेछन् । प्रेममा रहेकाहरूको हकमा भने अझै केही समय कुर्नुपर्ने देखिन्छ । 

स्वास्थ्य : श्वास–प्रश्वाससम्बन्धी समस्याले सताउन सक्छ । दमकै संकेत नभए पनि रुघाखोकीले वर्षैभरि दुःख दिनेछ । खासगरी मौसम परिवर्तन हुने बेला स्वास्थ्यको ख्याल राख्नुहोला ।

 

कुम्भ

कार्यक्षेत्र : कर्मक्षेत्रमा गर्नुपर्ने हरेक निर्णयअघि राम्रोसँग सोचविचार गर्नुहोला । कठोर मेहनत एवं लगनशीलताले व्यवसायिक एवं निजी जीवनमा राम्रा समाचार ल्याउनेछ ।

प्रेम : वैवाहिक जीवन प्रेम र स्नेहले भरिपूर्ण रहनेछ । वर्षको पहिलो दुई महिना श्रीमती वा प्रेमिकास“ग सामान्य खटपट भए पनि बाँकी समय प्रेमपूर्ण रहनेछ । अविवाहितहरूले एकअर्काको केयर गर्न सक्नुपर्छ ।

स्वास्थ्य : लामो समयदेखि दुःख दिइरहेको पेट वा ग्यास्टिकसँग सम्बन्धित रोगबाट छुटकारा प्राप्त गर्न सकिनेछ । तैपनि रोगलाई बल्झन नदिन वर्षैभरि सतर्कता अपनाउनुहोला ।

 

मीन

कार्यक्षेत्र : कर्मक्षेत्रमा उतारचढाव सामना गर्नुपर्नेछ । यद्यपि तपाईंको व्यस्तता र सक्रियताको प्रशंसा हुनेछ । खासगरी निकट सहयोगीहरूले तपाईंलाई निरन्तर प्रेरित गरिरहनेछन् ।

प्रेम : तपाईंको माया चाहने पक्षले तपाईंको निकटता प्राप्त गर्न तपाईंकै परिवारको कुनै सदस्यको सहारा लिनेछन् । यदि विवाहित हुनुहुन्छ भने आफूले अपेक्षा जस्तै खुसी प्राप्त गर्ने बाटो खुल्नेछ । 

स्वास्थ्य : कार्यक्षेत्रमा बढी खटिनुपर्दा स्वास्थ्यमा प्रतिकूल प्रभाव देखिनेछ । यस्तो स्थितिलाई नियन्त्रण गर्न कामसँगै आरामलाई पनि प्राथमिकता दिनुपर्नेछ । दिनहु व्यायाम गर्न नभुल्नुहोला ।

 Image