Successfully Copied

विन्टर मेकअप  एन्ड केयर

जाडो सुरु हुनासाथ स्किन सुख्खा हुँदै जान्छ । यो समय स्किनको ग्लो कायम राख्न छालाको हेरचाहमा अरु बेलाभन्दा बढी ध्यान पुर्‍याउनुपर्छ । छालामा सुख्खापन देखिनासाथ दैनिक २–३ पटक मोइस्चराइजर लगाउनुपर्छ ।

स्किनका लागि

जाडो सुरु हुनासाथ स्किन सुख्खा हुँदै जान्छ । यो समय स्किनको ग्लो कायम राख्न छालाको हेरचाहमा अरु बेलाभन्दा बढी ध्यान पुर्‍याउनुपर्छ । छालामा सुख्खापन देखिनासाथ दैनिक २–३ पटक मोइस्चराइजर लगाउनुपर्छ । यो मौसममा वातावरणमा तापक्रम कम भएर चिसो हावा चल्दा स्किनको तैलीय ग्रन्थिले चिल्लो पदार्थको उत्पादन कम गर्छ र छाला सुख्खा हुन्छ । 

बढी घाममा बस्दा, कोठामा हिटर प्रयोग गर्दा, चिसो हावामा बढी हिँडडुल गर्दा, एसीमा बस्दा मोइस्चर उडेर छालालाई सुख्खा बनाउँछ । यस्तो अवस्था धेरै दिन कायम रहे छालामा पातलो लाइन देखा पर्छ जसले पछि स्थायी रूप लिन्छ र स्किनको चमक हराउँछ । यस्तो प्रसाधन दिउँसो पनि लगाउनुपर्ने भएकाले डे क्रिममा एसपीएफयुक्त प्रसाधन प्रयोग गरी स्किन टोनअनुरूपको एसपीएफयुक्त फेस पाउडर लगाउनुपर्छ जसले गर्दा सूर्यको नकारात्मक किरणबाट जोगिन सकिन्छ । 

यो मौसममा स्किनमा तातोपानी, साबुन वा फेसवास प्रयोग गरे छालाको चिल्लो निस्किएर त्यसको नरमपन उड्छ अनि छाला सुख्खा हुने, मृतकोष देखापर्ने एवं फुट्ने समस्याले सताउन थाल्छ ।

जाडोमा स्पा लिँदा शरीरको सबै फोहोर हट्छ र स्किनमा जम्मा भएको अतिरिक्त तेल पनि बाहिर निस्कन्छ । समय–समयमा छालामा स्क्रब गर्नु राम्रो हुन्छ । यसले स्किनमा भएका मृतकोषिकाहरू निस्कन्छन् र छाला नरम भएर त्यसमा ग्लो देखापर्न थाल्छ । छालाको पोर खोल्ने भएकाले स्क्रब गरेपछि अनिवार्य फेसप्याक लगाउनुपर्छ । जाडोमा चिसो हावाले हातखुट्टाको छाला फुट्छ र सुख्खा हुन्छ । हातखुट्टालाई मनतातो पानीले सफा गरेर मोइस्चराइजर वा ह्यान्ड तथा फुट लोसन लगाउनुपर्छ । 

मेकअप 

स्किन मेन्टेन भएपछि मेकअपको प्लान गर्नुपर्छ । विन्टरमा मोइस्चराइजर अलि बढी लगाउनुपर्छ । मोइस्चराइजर लगाउनुअघि कन्सिलर लगाउन सकिन्छ । स्किन ओइली छ भने ओइल फ्रि मोइस्चराइजर अनि स्किन ड्राइ छ भने नर्मल मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । यो मौसममा अल्कोहलरहित स्किन रिप्रेसर प्रयोग गरेपछि मोइस्चराइजर प्रयोग गर्नुपर्छ । मेकअप गर्दा अनुहारमा अन्डर आई डार्क सर्कल भए कन्सुलर प्रयोग गर्नुपर्छ । 

अनुहारमा चायाँ–पोतो भए एल्लो कन्सुलर प्रयोग गर्न सकिन्छ । नर्मल डेमा मेकअप गर्दा स्किन केयर मोइस्चराइजर, बीबी क्रिम आदि लगाउनु उपयुक्त हुन्छ । यदि पार्टीका लागि हेबी मेकअप गर्ने हो भने वाटर वेस अर्थात् ओइल बेस फाउन्डेसन प्रयोग गर्न सकिन्छ । 

आइब्रो करेक्सनमा लाइट ब्राउन, ग्रे, डार्क ब्राउन कलर प्रयोग गर्नु उपयुक्त हुन्छ । आइमेकअपका लागि क्रिमी आइस्याडोको लाइट साइन आइस्याडो प्रयोग गर्नुका साथै त्यसको रंगमा लाइट पिंक, गोल्डेन, ब्रन्ज, कपर, ब्राउन, लाइट पर्पल आदि विकल्प उपलब्ध हुन्छन् । आइलाइनरमा लिक्विड जेलमा स्केच लाइनर प्रयोग गरेर भोलुम मस्कारा लगाउनुपर्छ । आइब्रो हाइलाइट गरेर ब्ल्याक वा ब्राउन गाजल लगाउनुपर्छ । ब्लसमा क्रिमी वा म्याट प्रयोग गर्न सकिन्छ । यो मौसममा लाइट पिंक, पिच ब्लस प्रयोग गरेर ओंठमा लिपिस्टिक लगाई ग्लस प्रयोग गर्नुपर्छ । 

विन्टर सेडुअल

बिहान

सोप फ्रि वा एलोवेरा, मह आदिको फेसवासले अनुहार धुनुपर्छ । त्यसपछि राम्रो स्किन टोनर एप्लाइ गर्नुपर्छ । स्किन टोनर लगाइसकेपछि हाइमोइस्चरयुक्त मोइस्चराइजर लगाउनुपर्छ । सनब्लकमा भएको मोइस्चराइजर विन्टर सिजनमा स्किनलाई आवश्यकताअनुरूप पर्याप्त नहुने भएकाले छुट्टै मोइस्चराइजर प्रयोग गर्नुपर्छ । मोइस्चराइजर लगाएपछि माथिबाट सनब्लक प्रयोग गर्नुपर्छ । ओंठको स्याहारका लागि राम्रो ब्रान्डको लिप वाम लगाउनुका साथै मोइस्चराइजरयुक्त लिपिस्टिक लगाउनुपर्छ ।

बेलुकी

स्किनमा टाँसिएको फोहोर, मेकअप आदि उतार्न तथा छाला सफा गर्न प्रत्येक रात राम्रो क्लिन्जरले छाला सफा गर्नुपर्छ । क्लिन्जिङ गरेपछि टोनर र सुत्नुअघि नाइट क्रिम अनिवार्य लगाउनुपर्छ । यदि छाला फुटेको छ भने रातिका लागि ग्लिसरिन कागतीको मिक्स प्रयोग गर्दा छाला चाँडै रिकभर हुनुका साथै नरम पनि हुन्छ ।

विन्टर वडी केयर

अल्कोहलयुक्त वा ड्राइ साबुनले शरीर धुँदा सुख्खापनले शरीर चिलाउने, छाला तन्किएजस्तो असहज महसुस हुने भएकाले मोइस्चराइजरयुक्त साबुन वा सोप फ्रि वडी वासले शरीर धुनुपर्छ । शरीर पुछ्नेबित्तिकै मोइस्चराइजरयुक्त वडी लोसन पूरै शरीरमा लगाउनुपर्छ । हातखुट्टामा बढी सुख्खापन हुने भएकाले वडी लोसनका साथै कोल्ड क्रिमसमेत प्रयोग गर्नुपर्छ । हातखुट्टा चिसो हुँदा पनि सुख्खापन देखापर्ने भएकाले शरीरका साथसाथै हातखुट्टालाई पनि न्यानो राख्नुपर्छ । अनुहारको सुन्दरता कायम राख्न हरेक हप्ता प्याक लगाउनुपर्छ । हरेक महिना आफ्नो छालाको प्रकृति तथा उमेरअनुरूप नियमित फेसियल गराउनुपर्छ । 

 Image