Successfully Copied

ट्यालेन्ट शोमा मिस लिटिल नेवा:

नेप्लिज फेसन होमले आयोजना गरिरहेको मिस लिटिल नेवा:–११३९ का प्रतिस्पर्धी बालिका तथा किशोरीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

नेप्लिज फेसन होमले आयोजना गरिरहेको मिस लिटिल नेवा:–११३९ का प्रतिस्पर्धी बालिका तथा किशोरीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । गत शनिबार काठमाडौंमा आयोजित ट्यालेन्ट शोमा २३ जना प्रतिस्पर्धीले प्रतिभा प्रस्तुत गरेका हुन् ।

नेवार समुदायका बालिका तथा किशोरीहरूले सहभागिता जनाइरहेको मिस लिटिल नेवा:–११३९ का प्रतिस्पर्धीहरूले ट्यालेन्ट शोमा गायन, नृत्य, बाद्यवादन तथा खेल कौशल प्रस्तुत गरेका थिए ।

नेवार समुदायका बालिका तथा किशोरीहरूलाई नेवार भाषा, नेवारी कला, संस्कृति र वेशभूषासम्बन्धी ज्ञान दिने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन् । 

 Image