Successfully Copied

मिस हेरिटेज इन्टरनेशनल–२०१९’ मा अदिती श्रेष्ठ जाँदै

आगामी फेब्रुअरी १२ देखि १७ मा सिंगापुरमा आयोजना हुने अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस हेरिटेज इन्टरनेशनल–२०१९’ मा अदिती श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् ।

आगामी फेब्रुअरी १२ देखि १७ मा सिंगापुरमा आयोजना हुने अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस हेरिटेज इन्टरनेशनल–२०१९’ मा अदिती श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । प्रतियोगीताको लागि नेपालको आधिकारीक संस्था इप्लानेट नेपालले गत शुक्रबार शंकर होटल लाजिम्पाटमा एक कार्यक्रमका बिच ‘मिस हेरिटेज ईन्टरनेशनल नेपाल २०१९’को ताज पहिराउँदै अन्र्तराष्ट्रिय प्रतियोगीताका लागि बाटो खुला गरेको हो । 

कार्यक्रममा ‘मिसेज हेरिटेज इन्टरनेशनल नेपाल –२०१९’ दुर्गा विसुराल चुनिएकी छिन् । उनले पनि सिंगापुरमा सोही समय आयोजना हुने विवाहित महिलाहरुको प्रतियोगीता ‘मिसेस हेरिटेज इन्टरनेशनल–२०१९’मा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

प्रतियोगीतामा  ४० बढी देशको सहभागिता रहने छ । युनेस्कोले ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतीको जगेर्ना इ–प्लानेटद्वारा सञ्चालित अन्तर्रा्ष्टि्रय प्रतियोगिता हेरिटेज इन्टरनेशनलले विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम समेत गर्ने छन् ।

 Image