Successfully Copied

हेयर केयर

ओसिया हर्बलको हेयर केयरमा स्याम्पु, हेयर भर्टिलाइजर, हेयर ट्रिटमेन्ट, हेयर स्पा, कन्डिसनर, हिना प्याक, सिरम आदि छन् । ओसिया हर्बलका सरोज चौधरीका अनुसार यो ब्रान्ड सबैमाझ लोकप्रिय हुनुको कारण सौन्दर्यसम्बन्धी सम्पूर्ण रेञ्ज (स्किन केयर, मेकअप, हेयर केयर) उपलब्ध हुनु हो ।

ओसिया हर्बलको हेयर केयरमा स्याम्पु, हेयर भर्टिलाइजर, हेयर ट्रिटमेन्ट, हेयर स्पा, कन्डिसनर, हिना प्याक, सिरम आदि छन् । ओसिया हर्बलका सरोज चौधरीका अनुसार यो ब्रान्ड सबैमाझ लोकप्रिय हुनुको कारण सौन्दर्यसम्बन्धी सम्पूर्ण रेञ्ज (स्किन केयर, मेकअप, हेयर केयर) उपलब्ध हुनु हो । पूर्ण हर्बल उत्पादनका रूपमा प्रख्यात भारतीय ब्रान्ड ओसिया हर्बलका हेयर केयर प्रसाधन केश नझर्ने, केशलाई सुन्दर, मुलायम एवं लहराउँदो बनाउने गुणयुक्त भएको चौधरी बताउँछन् । 

स्किन तथा हेयर केयरको क्षेत्रमा करिब सय वर्षे इतिहास बोकेको जर्मन कम्पनी निभियाले हालसालै मात्र हेयर केयरमा समेत हात हाल्दै निभिया स्याम्पुको उत्पादन थालेको छ । चायाँ हटाउनेदेखि, स्मुथ–सिल्की हेयरसम्मका लागि उत्पादित निभियाका स्याम्पु छिट्टै परिणाम दिने गुणस्तरयुक्त रहेको निभियाका अभिजित रोयले बताए । अभिजित भन्छन्–‘उत्पादन चाहे जुनसुकै किन नहोस् त्यसले दिने परिणामले गुणस्तर तय गर्छ । प्रतिस्पर्धात्मक मूल्य भए पनि हामी गुणस्तरमा कहिल्यै सम्झौता गर्दैनौं ।’ 

पूर्ण प्राकृतिक भारतीय उत्पादन जोयको हेयर फ्रुट साइनिङ ब्ल्याक, पु्रmट्स हेयर फल कन्ट्रोल तथा जोय थिकनिङ स्याम्पु नेपालीहरूले रुचाएको प्रोडक्ट हो । प्राकृतिक उत्पादन भएका कारण यसमा कुनै साइड इफेक्ट नभएको बताउँदै नेपालस्थित जोयको आधिकारिक बिक्रेता एस.एम.के. इन्टरप्राइजेजका मनिकरण के.सी.भन्छन्–‘शारीरिक अंगजस्तो संवेदनशील कुरामा खेलाँची गर्नु हुँदैन । स्किन होस् वा मेकअप अथवा हेयर केयर नै किन नहोस् यसमा प्रयोग गरिने प्रसाधन हानिकारक हुनु हुँदैन । प्राकृतिक उत्पादनमा ती सबै कुरामा मध्यनजर राखिएको हुन्छ तसर्थ पनि यिनको नकारात्मक असर कम हुन्छ ।’ 

कलर प्लसका नरोत्तम डंगोलका अनुसार जाडो मौसममा हेयर केयरका स्याम्पु र कन्डिसनर बढी बिक्री हुन्छन् । गर्मीको तुलनामा जाडोमा यी प्रसाधनको खपत पनि बढी हुने डंगोल बताउँछन्, कारण जाडोमा लामो ग्यापमा नुहाइने हुँदा यसको प्रयोग परिमाण बढेर जान्छ । अघिपछि एकपटक स्याम्पु लगाउनुपथ्र्यो भने अहिले दुईपटक लगाउनुपर्ने हुन्छ । जाडोमा हेयर फल कन्ट्रोल र एन्टी–ड्यान्ड्रफ बढी बिक्ने स्याम्पु हुन् । हेयर ट्रिटमेन्ट क्रिम तथा हेयर सिरम पनि कम बिक्ने प्रसाधन भने होइनन् । अहिले हेयर ओयलको साटो हेयर सिरम नै बढी प्रयोग हुने भएकाले नेपाली बजारमा यसको ठूलो माग छ । हेयर स्प्रे पनि यो समयमा बढी बिक्ने सामग्री हो । यतिबेला विवाहको मौसम पनि पर्ने हुनाले हेयर स्प्रे र हेयर कलरसमेत उही मात्रामा खपत हुन्छ ।

    केश सौन्दर्यसँग जोडिएको प्रमुख तत्व हो । 

    यसको हेरविचार एवं सुरक्षाका लागि गुणस्तरीय प्रसाधन आवश्यक हुन्छ । 

    आफ्नो केशको प्रकृति र रंग हेरी सुहाउँदो स्याम्पु, हेयरवास क्रिम वा कन्डिसनर प्रयोग गर्नुपर्छ ।

    स्याम्पु आफ्नो केशको प्रकार र शरीरको अवस्था (चायाँ छ वा एलर्जी भैहाल्ने छाला छ भने) हेरेर सौन्दर्यकर्मी वा विशेषज्ञको सल्लाहमा खरिद गर्नुपर्छ ।

    जुन पायो त्यही स्याम्पु, कन्डिसनर, सिरम वा हेयर ट्रिटमेन्ट क्रिम प्रयोग गर्दा केशमा सुट नहुने, केश झर्ने–टुक्रिने र चायाँ पर्ने हुनसक्छ । तसर्थ यसमा भएको तत्व र प्रयोग विधिका बारेमा बुझेपछि मात्र खरिद गर्नु उपयुक्त हुन्छ ।

    कन्डिसनरलाई जरैदेखि प्रयोग गर्दा केश झर्छ ।

    हेयर ट्रिटमेन्ट क्रिम लगाएर ५ देखि १० मिनेट छोड्नुपर्छ त्यसपछि मात्र हल्का मसाज गरी सफा पानीले पखाल्नुपर्छ ।

    चिसो केश कोर्नुहुँदैन । यसले केश झर्ने वा टुक्रिने समस्या सिर्जना गर्छ ।

 

 Image