Successfully Copied

उत्कृष्ट नेपाली महिला उद्यमी श्याम वदन

सार्क चेम्बर महिला उद्यमी परिषद् नेपाल (एससीडब्लूसी) आयोजनामा संचालन भएको प्रतिस्पर्धात्मक कार्यक्रममा उत्कृष्ट नेपाली महिला उद्यमीको अवार्ड श्याम वदनलाई प्रदान गरिएको हो  ।

वर्षको उत्कृष्ट सार्क महिला उद्यमी छनौट गर्ने प्रक्रिया अन्तर्गत नेपालबाट उत्कृष्ट छानिएकी छिन् नेपाल नटक्राफ्ट सेन्टर प्रा.लि.का अध्यक्ष श्याम बदन श्रेष्ठ । सार्क चेम्बर महिला उद्यमी परिषद् नेपाल (एससीडब्लूसी) आयोजनामा संचालन भएको प्रतिस्पर्धात्मक कार्यक्रममा उत्कृष्ट नेपाली महिला उद्यमीको अवार्ड श्याम वदनलाई प्रदान गरिएको हो  ।  बिजेता श्रेष्ठले २०७५ फागुन १८ गते श्रीलंकाको कोलोम्बोमा आयोजना हुने उत्कृष्ट सार्क महिला उद्यमी पुरस्कार २०१८ कार्यक्रममा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने्छिन् ।

एससीडब्लूसी नेपाल वेष्ट वुमन आन्टरप्रिनर २०१८ को फाइनल कार्यक्रम गत शुक्रबार राजधानी शहरको गैह्रीधारा स्थित एलिस रिसेप्सन्समा संचालन भएको थियो । अवार्ड कार्यक्रमको प्रमुख आकर्षण रह्यो फेसन शो प्रस्तुति । जसमा नमूना कलेज अफ टेक्नोलजीका विद्यार्थी डिजाइनर, कलिस्टो डिजाइन्सका अनु श्रेष्ठ तथा स्वनिग: डिजाइन्सका सरिता तुलाधरले तयार पारेका पहिरनहरु प्रदर्शन गरिएका थिए । कलिस्टो डिजाइन्स अन्तर्गत साडी, कुर्ता, फर्मल स्टाइल आदिको आकर्षण थियो जसमा सिल्क, अर्गान्जा सिल्क तथा पस्मिनाको प्रधानता थियो ।

स्वनिग: डिजाइन्स अन्तर्गत प्रस्तुत भएका पहिरनहरु भने नेपाली रअ सिल्क, अर्गान्जा सिल्क, विभिन्न नेपाली ढाका आदिमा तयार पारिएका परंपरा र आधुनिकता फ्युजन स्टाइलमा केन्द्रित थिए  । नमूना कलेजको प्रस्तुतिमा भने क्रिएटिभ वेयर समेटिएका थिए । जसमा प्रकृति र वातावरण सम्बन्धीत विभिन्न जीवजन्तु तथा अन्य तत्वबाट प्रेरित पृथक एवं विशिष्ट खालका पहिरनहरु प्रदर्शन गरिएका थिए । रोजिन शाक्यको कोरियोग्राफीमा प्रस्तुत भएको फेसन कार्यक्रममा पूर्व मिस नेपाल ईभाना मानन्धर शो स्टपर थिइन

 

 Image