Successfully Copied

होम सेफ पूनमका परिकार

हिजोआज सबै व्यस्त छन् । बिहान उठेदेखि रातिसम्म व्यस्त रहने हुँदा खाना खाने ठेगानसम्म हुँदैन्। यो समस्या फेसन डिजाइनर राजेश धाख्वा दम्पतीको जीवनमा पनि ठ्याक्कै मिल्थ्यो । बिहान बुटिक पुगेर साँझ मात्र घर फर्कने भएकाले सधैं बिहान के खाने, साँझ के खाने समस्या भैरहन्थ्यो ।

हिजोआज सबै व्यस्त छन् । बिहान उठेदेखि रातिसम्म व्यस्त रहने हुँदा खाना खाने ठेगानसम्म हुँदैन्। यो समस्या फेसन डिजाइनर राजेश धाख्वा दम्पतीको जीवनमा पनि ठ्याक्कै मिल्थ्यो । बिहान बुटिक पुगेर साँझ मात्र घर फर्कने भएकाले सधैं बिहान के खाने, साँझ के खाने समस्या भैरहन्थ्यो । सधैं बाहिर खाँदा हाइजनिक नहुने हुँदा पूनमले होम सेफको कन्सेप्ट अपनाएकी हुन् । उनले मुख्यत: कामकाजीहरूका लागि खाजाको कन्सेप्टमा यसको सुरुवात गरेकी हुन् । उनले सुरुमा कसरी स्वास्थ्यवद्र्धक खाना तयार गर्ने भनी सन्तुलित आहाराको सूची तयार पारिन् । 

हुन त होम सेफ भनेकै घरकै खाना, घरकै महिलाहरूले तयार पार्ने खाना हो । अहिले पूनमजस्ता दर्जनौं गृहिणी होम सेफ छन्, जसले घरमै बसेर खाना तयार पार्छन् र अनलाइनमार्फत ग्राहकसामु पठाउँछन् । फुडमारियो, भोज र फुडमाण्डुमार्फत त्यस्तो खाना डेलिभरि गरिन्छ । फ्रि डेलिभरि हुने हुँदा पनि व्यस्त मानिसहरूमाझ होम सेफका परिकारहरू लोकप्रिय हुँदैछन् । होम सेफ पूनमले क्यालोरी कन्सेप्टअनुसार हप्ता वा महिना दिनसम्मको खाना उपलब्ध गराउँछिन् । उनका हरेक आइटमको ३ सय ९० पर्छ । जसमा खानाका विभिन्न प्याकेट उपलब्ध हुन्छन् ।

भेज तथा चिकेन खाना सेट

१    राइस (बटरमा भेजले सोथे गरेको)

२.    मल्टी ग्रेन रोटी

३.     चिकेन करी अथवा भेज पनिर करी

४.     मौसमअनुसार फलफूल

५.    सलाद

६.    कफी विथ ओट केक

कन्टिनेन्टल ग्रिल चिकेन

१.    ग्रिल चिकेन

२.    मल्टी ग्रेन ब्रेड

३.    मौसमअनुसार फलफूल

४.    सलाद

५.    कफी विथ ओट केक

पिज्जा ब्रेड

१.    पिज्जा ब्रेड

२.    मौसमअनुसार फलफूल

३.    सलाद

४.     कफी विथ ओट केक

सुसी

१.    सुसी

२.    सलाद

यसका साथै बिरयानी, म:म:, पास्तादेखि नेवारी खाजा सेटसम्म पनि होम सेफ पूनमबाट अनलाइन डेलिभरि गरिन्छ । घरमै स–साना पार्टीका लागि पनि ग्राहकको अर्डरअनुसार खाना तयार पारिन्छ । अहिले किड्स मेनुसमेत तयार पारिएको पूनम बताउँछिन् । सस्तो मूल्यमा स्वास्थ्यवद्र्धक खाना ख्वाउने सोचका साथ यो व्यवसाय सुरु गरेकी पूनम आफै खाना तयार पार्छिन् । 

 

 Image