Successfully Copied

स्वस्थ र लामो जीवनका लागि योग

खाना आफ्नै चुल्होमा पाकेको, कम मसला, तेल प्रयोग गरिएको, सकेसम्म सागसब्जी, माछा–मासु आदि फ्रिजमा नराखिएको हुनुपर्छ । हरेक दिन बिहान सुरुवातमा अनार वा फ्रुट जुस, मौसमअनुसारका फलफूल एवं तरकारी खाने । फ्रिजको खाना सकेसम्म कम खाने । 

                                           रूप ठकुल्ला, योग प्रशिक्षक

तपाईंको विचारमा योग कस्तो व्यायाम हो ?

योग जस्तो उत्कृष्ट व्यायाम अरू कुनै छैन । योगले शरीरका साथै मनलाई समेत सुधार्ने प्रयास गर्छ । कसैले योग गर्छ भने ऊ कुनै पनि रोगबाट मुक्त हुन सक्छ । 

योगले शरीरलाई कसरी पुर्‍याउँछ?

शरीरमा रोग मुख्यतया मानसिक कारणले सिर्जना हुन्छ । हामीमध्ये कतिपयले अहिले खाइरहेको खाना मन्द विषसरह छ भने तनावमय जीवनका कारण पनि योग सबैका लागि जरुरी छ । सन्तुलित रूपमा योग गर्दा शरीरको पाचन प्रक्रिया, रक्त प्रणाली, श्वासप्रश्वासलगायत सबै सिस्टमलाई फाइदा पुग्छ । यसबाट इम्युनिटी पावरसमेत वृद्धि हुन्छ । 

योगका लागि समय नहुनेहरूका लागि कुनै उपाय छ कि ?

व्यस्तताका बीच समय कम छ भने अफिसको आफ्नो कुर्सीमै बसेर पनि एक्सरसाइज गर्न सकिन्छ । घाँटीलाई तल र माथि, साइड तथा नेक हाफ रोटेड गरेर रिलिफ गर्न सकिन्छ । लो ब्याक पेनका लागि दुवै हातलाई माथि उठाएर पूरै शरीर तन्काउने, कुर्सीमै बसेर साइड टु साइड पाइतला छोएर सास फेर्ने र दुवै हात माथि उठाउने । पिठ्युँलाई एकदमै सीधा राखेर आँखा बन्द गरी ध्यानमुद्रामा बस्ने । आफ्नो श्वासलाई कन्ट्रोल गरी दिमाग पूरै खाली गरेर आफ्नो श्वास कसरी भित्र जान्छ र बाहिर निस्कन्छ महसुस गरी ५ मिनेटसम्म बस्ने । जोसँग ध्यानका लागि समय छैन उनीहरूले प्रत्येक दिन कम्तीमा २० देखि ३० मिनेट कुनै पनि किसिमको एक्सरसाइज जस्तो जुम्बा, योग, रनिङ, वाकिङ आदिमध्ये एक गर्नुपर्छ ।

ब्रेन, स्किन र हेयरका लागि कुन आसन उपयुक्त हुन्छ ?

स्किन चम्किलो बनाउन तथा केश झर्नबाट रोक्न सर्वाङ्ग तथा ब्रेनका लागि शीर्षासन गर्नुपर्छ ।

 

हेल्दी अर्थात् सुपर फुड कस्तो खाना हो ?

खाना आफ्नै चुल्होमा पाकेको, कम मसला, तेल प्रयोग गरिएको, सकेसम्म सागसब्जी, माछा–मासु आदि फ्रिजमा नराखिएको हुनुपर्छ । हरेक दिन बिहान सुरुवातमा अनार वा फ्रुट जुस, मौसमअनुसारका फलफूल एवं तरकारी खाने । फ्रिजको खाना सकेसम्म कम खाने । फ्रिजको खानामा जम्स हुन्छ, जसलाई आँखाले देख्न सकिँदैन । एकै पटक धेरै खाना नखाने । रातिको खाना सुत्नुभन्दा दुई घन्टाअघि 

मात्र खाने । 

अहिलेको पुस्तालाई योग बोरिङ तथा स्लो लाग्छ, उनीहरूलाई के भन्न चाहनुहुन्छ ?

योगले फाइदा दिइरहेको हुन्छ । योग बिरामी हुनबाट जोगाउने कवज हो । यसबाट वेट समेत लस हुन्छ । यसमा क्विक रिजल्ट पाइन्छ भने साइड इफेक्टसमेत हुँदैन । त्यसैले हेल्दी र लङ लाइफका लागि योग उपयुक्त विकल्प हो । 

 Image