Successfully Copied

पूर्ण प्याकेजमा के–के हुन्छ ?

विवाहका लागि पूर्ण प्याकेज उपलब्ध गराउनेहरूले विवाहको छिनोफानोदेखि हनिमुनसम्मको प्याकेज उपलब्ध गराउँछन् । प्याकेजमा सपिङ, ठाउँ छनोटदेखि बजेटको योजनासम्मको कामका साथै ब्याचलर पार्टीको समेत प्रबन्ध मिलाइन्छ ।

विवाहका लागि पूर्ण प्याकेज उपलब्ध गराउनेहरूले विवाहको छिनोफानोदेखि हनिमुनसम्मको प्याकेज उपलब्ध गराउँछन् । प्याकेजमा सपिङ, ठाउँ छनोटदेखि बजेटको योजनासम्मको कामका साथै ब्याचलर पार्टीको समेत प्रबन्ध मिलाइन्छ । कुरा छिनोफानो गर्ने ठाउँ राम्रो होस् भन्ने चाहना परिवारको हुन्छ । त्यसका लागि कतिपयले होटल, रेस्टुराँ वा पार्टी प्यालेस रोज्छन् भने कतिपयले आफ्नै घर । उनीहरूको चाहना अनुसार सेवा उपलब्ध हुन्छ । घरमा कुराकानी छिनोफानो गर्नेहरूलाई खाना सर्भ गर्ने, डेकोरेसन गर्ने सेवा उपलब्ध हुन्छ । 

त्यसपछिको मुख्य काम भनेको इंगेजमेन्टको हो । त्यसका लागि ठाउँ छनोट र सजावट महत्वपूर्ण पक्ष हो । यसमा दुलहा र दुलहीतिरको फरक–फरक प्याकेज उपलब्ध हुन्छ । दुलहा पक्षबाट इंगेजमेन्टमा जान र दुलहीबाट इंगेजमेन्टमा आवश्यक पर्ने सम्पूर्ण तयारी गरिन्छ । दुलहादेखि पाहुनासम्मलाई आवश्यकतानुसार गाडी उपलब्ध हुन्छ । विवाह घर, होटल, पार्टी प्यालेस जुन ठाउँमा भए पनि आवश्यकतानुसार सजाउने काम गरिन्छ । खाना क्याटरिङ सबै त्यसैमा उपलब्ध हुन्छ । फोटो र भिडियो प्याकेज इंगेजमेन्टदेखि विवाह सम्पन्न नहुँदासम्मको हुन्छ । परिवारको चाहनाअनुसार बाजाहरू उपलब्ध हुन्छन् । यसमा ब्यान्ड बाजा, पञ्चे बाजा, न्याउली बाजा आदि रोज्न सकिन्छ । यस्ता वेडिङ प्लानरले आवश्यकतानुसार बग्गीसमेत उपलब्ध गराउँछन् । 

त्यसमा गाडी सजाउने, घर सजाउने सबै काम हुन्छ । दुलहातिर दुलही नल्याउँदासम्मको र दुलहीतिर दुलहा नआउँदासम्मको काम पनि यो प्याकेजमा पर्छ । विवाहको मण्डप सजाउने मुख्य कामलाई प्याकेजमा विशेष रूपमा राखिएको हुन्छ । 

पछिल्लो समय विवाहका पार्टीहरूमा लाइभ म्युजिक वा डिजेको चलन बढ्दो छ । यो सुविधालाई प्याकेजमा समेत उपलब्ध गराइन्छ । धेरैले नाम चलेका म्युजिक ब्यान्डहरूलाई लाइभ म्युजिकका लागि अफर गर्छन् । यसको व्यवस्थापनसमेत प्याकेजमै राखिएको छ । वेडिङ प्लानरले पछिल्लो समयमा आफ्नो प्याकेजमा हनिमुन प्याकेजसमेत थपेका छन् । हनिमुन प्याकेजमा जोडीले रोजेको ठाउँमा कस्तो होटल मिलाउने, यात्राका लागि गाडीदेखि हवाई सेवा उपलब्ध गराउनेसम्म काम हुन्छ । यसमा जोडीको चाहनानुसार स्वदेशदेखि विदेशको हनिमुन प्याकेज उपलब्ध गराइन्छ ।

 

विवाहमा मेकअप महत्वपूर्ण पक्ष हो । विवाह प्याकेज उपलब्ध गराउनेहरूले ब्राइडल मेकअपलाई विशेष महत्त्व दिन्छन् । यसका लागि मेकअप आर्टिस्ट तथा रेडिमेड वा डिजाइनर वेयरको च्वाइस समेत दिइन्छ । गहना, उपहार तथा दाइजोको विषयमा प्याकेजभन्दा पनि आफ्नै घरबाट व्यवस्था गर्न रुचाइन्छ । गरगहना विवाह गर्ने परिवार आफैंले खरिद गर्ने भएकाले प्याकेजमा धेरै आउँदैनन् । कतिपय अवस्थामा गरगहना तथा पहिरनका लागि परामर्श गर्ने, उपयुक्त पसल तथा ठाउँ खोजी गरिदिने काम भैरहेको छ । 

अहिलेदेखि चलेको अर्को चलन मेहन्दी तथा संगीत पनि हो । अहिले दुलहीको घरमा मेहन्दी र संगीत समारोह गर्ने चलन आइसकेको छ । मेहन्दीका लागि थिमअनुसार सजावट गर्ने तथा थिमअनुसार कार्यक्रम प्याकेजमा उपलब्ध गराइन्छ भने साँझ परेपछि संगीत सुरु हुन्छ । 

 Image