Successfully Copied

क्यान्सरको उपचारमा चेक प्वाइन्ट थेरापी

अमेरिकाका दुई वैज्ञानिक प्रोफेसर जेम्स पी एलिसन तथा जापानी प्राध्यापक तासुकु हान्जोले मानव शरीरको प्रतिरक्षा प्रणालीलाई प्रयोग गरेर क्यान्सरलाई निष्प्रभाव पार्न सक्ने नयाँ उपचार विधि पत्ता लगाएका छन् ।

अमेरिकाका दुई वैज्ञानिक प्रोफेसर जेम्स पी एलिसन तथा जापानी प्राध्यापक तासुकु हान्जोले मानव शरीरको प्रतिरक्षा प्रणालीलाई प्रयोग गरेर क्यान्सरलाई निष्प्रभाव पार्न सक्ने नयाँ उपचार विधि पत्ता लगाएका छन् ।

उनीहरू दुवै जनालाई यो वर्ष फिजियोलोजी तथा मेडिसिन विधाको नोबेल पुरस्कार प्रदान गरिएको छ । उनीहरूको यो प्रणालीलाई ‘चेक प्वाइन्ट थेरापी’ भनिएको छ । पुरस्कार दिने स्वीडिस एकेडेमीले भनेको छ,–‘प्रतिरक्षा प्रणाली चेक प्वाइन्ट थेरापी क्यान्सरको उपचारमा धेरै नै क्रान्तिकारी ठहर्नेछ, किनभने यसले क्यान्सरलाई धेरै हदसम्म निष्प्रभावी बनाउन सक्छ ।’ 

टेक्सास विश्वविद्यालयका प्रोफेसर एलिसन तथा क्योटो विश्वविद्यालयका प्रोफेसर हान्जोले नोबेल पुरस्कारबाट प्राप्त रकमलाई एकै ठाउँमा जम्मा गर्नेछन् जुन लगभग १० लाख अमेरिकी डलर बराबर हुनेछ । पुरस्कार स्वीकार गर्दै तासुकु हान्जोले भनेका छन्–‘म यो अनुसन्धानलाई कायमै राख्नेछु । यसले धेरैभन्दा धेरै क्यान्सर पीडित बिरामीलाई बचाउन सकोस् ।’ 

मानव शरीरको प्रतिरक्षा प्रणालीले धेरै रोगसँग लड्न बिरामीहरूलाई शक्ति प्रदान गर्छ । त्यति मात्र होइन यसले क्यान्सरजस्तो घातक रोगलाई समेत पराजित गरी जीवन जिउने बनाउन सक्ने ती दुई वैज्ञानिकको ठोकुवा छ ।

७० को दशकमा एलिसन तथा हान्जोले ब्रेक लगाउने प्रोटिनलाई बन्द गरेर ट्युमरमाथि आक्रमण गर्ने मानव शरीरको प्रतिरक्षा प्रणालीलाई सूक्ष्म रूपमा अध्ययन गरी नयाँ बाटो पत्ता लगाएका थिए जसले उपचार हुन नसकेका र सम्भव नहुने क्यान्सरका बिरामीलाई समेत नयाँ मार्ग प्रदान गर्नेछ ।

 Image