Successfully Copied

निर्णायक तहमा  महिला सहभागिता  समग्र विकासको आधार

असम्भव केही छैन’ भन्ने उदाहरण हुन्–अम्बिका शर्मा लामिछाने । महिला विकास र सशक्तीकरणका लागि शिक्षालाई पहिलो सर्त मान्ने अम्बिका कामप्रतिको दृढता र आत्मविश्वासले सफल भइन्छ भन्ने कुरामा विश्वास गर्छिन् । विद्यावारिधिकी विद्यार्थी लामिछाने मूलधारको राजनीति तथा नीति निर्माण तहमा महिला सहभागितालाई समग्र विकासको आधार मान्छिन् ।

‘असम्भव केही छैन’ भन्ने उदाहरण हुन्–अम्बिका शर्मा लामिछाने । महिला विकास र सशक्तीकरणका लागि शिक्षालाई पहिलो सर्त मान्ने अम्बिका कामप्रतिको दृढता र आत्मविश्वासले सफल भइन्छ भन्ने कुरामा विश्वास गर्छिन् । विद्यावारिधिकी विद्यार्थी लामिछाने मूलधारको राजनीति तथा नीति निर्माण तहमा महिला सहभागितालाई समग्र विकासको आधार मान्छिन् ।

 नेपाल महिला चेम्बर अफ कमर्सकी कोषाध्यक्ष, विश्व ज्योतिष महासंघकी बरिष्ठ सल्लाहकार एवं गीतकार अम्बिकाले लेखेका दर्जनौं गीत हिट भैसकेका छन् । रुद्रप्रिया, म यस्तो गीत गाउँछु, ड्रिम गर्ल आदि चलचित्रका शीर्षगीतसँग अम्बिकाले नै लेखेकी हुन् । यी गीतको चर्चासँगै उनले थुप्रै अवार्ड समेत प्राप्त गरेकी छिन् । 

‘मैले जे गरें, त्यसमा सन्तुष्ट छु’ उनले भनिन्–‘आफ्ना कारणले अरु खुसी भएको देखेर म निकै खुसी हुन्छु ।’ शर्माले विष्णु–सरस्वती फाउन्डेसनमार्फत निजी खर्चमा नर्सिङ, इन्जिनियरिङ आदि संकायमा ४१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेकी छिन् । शर्मा भन्छिन्–‘महिलाको पीडा र आँसुको आडमा स–साना कुरालाई इस्यु बनाएर एनजिओ चलाई डलर पचाउनेहरूको विरोधी हुँ म ।’ 

१२ वर्षअघि प्रभु फाइनान्सका रूपमा स्थापना भएको हालको प्रभु बैंकको सुरुदेखि नै निर्देशकको पद सम्हालिरहेकी शर्मा ‘कम बोल, धेरै काम गर’ भन्ने सिद्धान्तकै कारण आफू अघि बढ्न सकेको कुरा बताउँछिन् । मुलुकभर १ सय ४० शाखा रहेको प्रभु बैंकलाई उचाइमा पुर्‍याउन स्थापना कालदेखि नै उनको योगदान रहँदै आएको छ । 

 

 Image