Successfully Copied

क्यान्सर मबाट  कोसौं पर भागिसक्यो

जिनाले अस्पतालको बसाइमा आफूजस्ता बिरामी धेरै देखेकी थिइन् । त्यसैले हिजोआज उनी समयमै उपचार गरे क्यान्सर निको हुन्छ भन्ने सन्देश दिन निकै व्यस्त हुन्छिन् । अहिले पनि उनी आफूले उपचार गरेकै अस्पतालमा बढी समय बिताउँछिन् तर बिरामीका रूपमा होइन, उपचार गराउन आएका बिरामीलाई मानसिक रूपमा

रेजिना मुल्मी केसी १७ वर्षदेखि फेसन डिजाइनरका रूपमा कार्यरत छिन् । त्यतिबेला उनी क्यासिनोका डान्स समूहहरूका लागि पहिरन डिजाइन गर्थिन् । एक दिन उनलाई शरीरभरि खटिरा आएर एलर्जी भयो । चिसोले एलर्जी भयो भन्ने लाग्यो । पुस–माघतिर फेरि रुघाखोकीले सताउन थाल्यो । सामान्य चिसो होला भनेर उनी अस्पताल गइनन् तर उनलाई एक रात एकदमै गार्‍हो भयो र उठेर नाक, निधार, घाँटी र छाती जताततै भिक्स लगाउन थालिन् ।

त्यतिबेला उनले आफ्नो बायाँतिरको स्तनमा गुच्चा जत्रो गिर्खा भेटिन् । रातको साढे ११ बजेतिरको त्यो क्षण उनी कहिल्यै बिर्सन सक्दिनन् । उनले त्यतिबेलै आफूलाई स्तन क्यान्सर भएको हो कि भन्ने अनुमान लगाइन् । भोलिपल्ट उनले शिक्षण अस्पतालमा गएर डा. प्रसन्न कंसाकारलाई भेटिन् । सबै जाँच भयो, चिकित्सकले बायोप्सी गर्न लगाए । त्यसको रिपोर्ट आउँदा उनलाई लागेको क्यान्सरले पहिलो चरण पार गरिसकेको रहेछ । उपचार गरेर ठीक हुने हो कि होइन भन्ने अर्को तनाव । यद्यपि केही समयमै उनले चिकित्सकबाट जानकारी पाइन् स्तन काटेर फालेपछि ठीक हुन्छ ।

त्यसपछि उनी अझ स्तन नभएपछिको आफ्नो अवस्था सम्झदै चिन्तित हुन थालिन् । रेजिना भन्छिन्–त्यतिबेला मानिसहरू मलाई भेट्न नआए हुन्थ्यो जस्तो लाग्थ्यो । त्यतिबेला उनी ९ दिन अस्पताल बसिन् । एउटा परीक्षणमा भ्च् र एच् नेगेटिभ आयो । यस्तोमा औषधि खान नहुने र क्यान्सर फैलिरहन सक्ने सम्भावना हुन्थ्यो । उनी त्यतिबेला निकै चिन्तित भइन् । उनले एउटा केमो ओममा लिएर बाँकी ५ वटा केमो भक्तपुरमा लिइन् । मुल्मीले ५ वर्षमा ३ वटा शल्यक्रिया गराइन् । कतै गिर्खा देखियो कि चिकित्सकहरूले अप्रेसन गरेर फालिहाल्थे । 

रेजिना भन्छिन्–‘मेरो आत्मविश्वास गुम्ला जस्तो भयो । जीवन सधैका लागि सकियो भन्ने लाग्न थाल्यो ।’ स्तन काटेर फालेपछिको करिब नौ वर्ष उनका लागि निकै कष्टकर भयो । हुन त त्यसबीचमा आफन्त एवं साथीभाइले विदेशमा गएर स्तन प्रत्यारोपण गर्ने सल्लाह पनि दिए । स्तन प्रत्यारोपण गर्ने इच्छा उनको मनमा पनि त्यत्तिकै थियो । उनलाई विदेशमा होइन नेपालमै स्तन प्रत्यारोपण गराउने इच्छा भएकाले लामो समय कुर्नुपर्‍यो । किनभने स्तनको आकार बनाउने मासु उनले आफ्नै शरीरमा बनाउनुपर्ने भयो । त्यसका लागि कि पेटमा मासु बढाउनुपथ्र्यो कि शरीरका अन्य तीन–चार ठाउँमा । शरीरको धेरै ठाउँको मासु शल्यक्रिया गरेर निकाल्दा गार्‍हो हुने सोचेर उनले पेटमै मासु बढाउने निर्णय गरिन् ।

रेजिनाले आफ्नो सानो पेटलाई ठूलो बनाउने प्रयास गरिन् । पेटको मासु बढाउँदा पनि उनले एक छाक खाना खाइन्, उनले दूधको चिया, कफी एवं मह धेरै खाइन् । करिब ५ वर्षका लागि उनको दैनिकी नै त्यही बन्यो र स्तनको आकार बनाउन मिल्ने गरी पेटमा मासु बढ्यो । शल्यक्रियामार्फत उक्त मासु निकालेर रेजिनाको स्तन प्रत्यारोपण गरियो ।

स्तन प्रत्यारोपणको त्यो दिनलाई उनी आफ्नो जीवनकै सबैभन्दा खुसीको क्षण मान्छिन् । रेजिनाले ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा स्तन प्रत्यारोपण गराएकी हुन् । त्यसका लागि करिब ३ लाख रुपैयाँ खर्च भएको उनले बताइन् । उनको स्तन प्रत्यारोपण डा. कपेन्द्र शेखर अमात्य, डा. सुनीता मलेखु तथा डा. हेमन्त बटाजूले गरेका थिए । स्तन प्रत्यारोपणपछि उनले युट्रिस र गर्भाशय पनि निकालेकी छिन् । रेजिना भन्छिन्–शारीरिक रूपमा बिरामी भए पनि मानसिक रूपमा कहिल्यै बिरामी भएको महसुस गरिन ।

क्यान्सरविरुद्धको अभियानमा

रेजिनाले अस्पतालको बसाइमा आफूजस्ता बिरामी धेरै देखेकी थिइन् । त्यसैले हिजोआज उनी समयमै उपचार गरे क्यान्सर निको हुन्छ भन्ने सन्देश दिन निकै व्यस्त हुन्छिन् । अहिले पनि उनी आफूले उपचार गरेकै अस्पतालमा बढी समय बिताउँछिन् तर बिरामीका रूपमा होइन, उपचार गराउन आएका बिरामीलाई मानसिक रूपमा बलियो तुल्याउन । आफूले क्यान्सरलाई जितेपछि रेजिनाले साथीहरूको सहयोगमा अस्पतालभित्रै क्यान्सर पीडितहरूलाई परामर्श दिन थालेकी छिन् । त्यसैले धेरै पीडितसँग उनी नजिक छिन् भने उनीजस्तै क्यान्सर जितेकाहरू उनका नयाँ साथी भएका छन् ।

 Image