Successfully Copied

फोटो–भिडियोका लागि ड्रोनको माग बढेको छ

विवाह जीवनकै सबैभन्दा सुन्दर मुभमेन्टमध्ये एक हो । यो सुन्दर क्षणलाई स्मरणीय बनाउन अहिले वेडिङ फोटोग्राफी तथा भिडियोग्राफी गर्ने चलन छ । वेडिङ फोटोग्राफीलाई नेचुरल मुभमेन्ट र एक्प्रेसन कैद गर्ने फोटोग्राफीका रूपमा लिइन्छ, जहाँ विवाह गतिविधिका सबै सुन्दर, खुसी, उमङ्ग र रोदनका क्षणहरूलाई सुन्दर एवं

विवाह जीवनकै सबैभन्दा सुन्दर मुभमेन्टमध्ये एक हो । यो सुन्दर क्षणलाई स्मरणीय बनाउन अहिले वेडिङ फोटोग्राफी तथा भिडियोग्राफी गर्ने चलन छ । वेडिङ फोटोग्राफीलाई नेचुरल मुभमेन्ट र एक्प्रेसन कैद गर्ने फोटोग्राफीका रूपमा लिइन्छ, जहाँ विवाह गतिविधिका सबै सुन्दर, खुसी, उमङ्ग र रोदनका क्षणहरूलाई सुन्दर एवं जीवन्त रूपमा क्यामेरामा कैद गरिन्छ । अहिले दुलहा–दुलहीको विवाहको कुरा छिनिएदेखि दुलही घर भित्र्याउनेसम्मका गतिविधिलाई समेटेर विवाह फोटोग्राफी तथा भिडियोग्राफी गर्ने चलन छ । विवाहको सिजनमा क्रिएटिभ वेडिङ फोटोग्राफरहरूलाई भ्याइ नभ्याइ हुन्छ । 

मानिसहरू आफ्नो विवाहलाई स्मरणीय बनाउन विवाहअघि नै प्रि–वेडिङ फोटोग्राफी तथा भिडियोग्राफी गराउन थालेका छन् । अहिले इन्गेजमेन्ट, प्रि वेडिङ, मेहन्दी, संगीत, स्वयम्वरदेखि पार्टीसम्मका फोटोग्राफी तथा भिडियोग्राफी गरिन्छ । मुख हेर्ने, गोडा धुने, कन्यादान, साइपाटा आदि गतिविधिलाई समेत फोटो तथा भिडियोग्राफीमा कैद गर्ने चलन छ । त्यस क्रममा सिन्दूर लगाउने, वरमाला लगाउने जस्ता महत्वपूर्ण क्षणहरू कैद गर्नुपर्ने हुन्छ ।

अपरिचित मानिसहरूबाट फोटो खिचिदिन आग्रह हुन्छ, झन्झट नमानी हाँसी–हाँसी खिचिदिनुपर्ने हुन्छ । विवाह समारोहको मात्र नभई दुलहा तथा दुलहीको मोडल वा सेलिब्रेटीको जस्तो विभिन्न रोमान्टिक पोजमा फोटो खिच्नु, विशेष समारोहका फोटो खिच्नु, राम्रो कम्पोजिसन र उच्च प्राविधिक फोटो खिच्नु नै वेडिङ फोटोग्राफी हो । त्यसैले अहिले विवाहका लागि गरगहना, पहिरन, पार्टी प्यालेस मात्र नभई वेडिङ फोटोग्राफी गर्ने कम्पनीहरूलाई पनि उत्तिकै महत्व दिइन्छ । 

पछिल्ला दिनमा विवाहमा फोटो र भिडियो खिच्न ड्रोन प्रयोग गर्नेहरूको संख्या बढ्दै गएको छ । अब विवाहमा फोटो र भिडियो मात्र भनेर नहुने भयो । यसमा नयाँ शैली, कला र प्रविधि जोडिन थालेका छन् । विवाहमा फोटो तथा भिडियोग्राफीका लागि ड्रोनको माग बढ्दैछ । फोटो खिच्नु भनेको आइटी र फोटोग्राफीको संयुक्त कला हो । फोटोग्राफी र भिडियो विवाहको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । त्यसैले त विवाह गर्ने परिवार र नयाँ जोडीले यसमा विशेष ध्यान दिन्छन् । पहिले फोटो खिच्ने चलन त थियो तर यो चलन अहिले धेरै एड्भान्स भएको छ । अहिले विवाह पहिले तथा विवाहपछि फोटो सुटको समेत चलन आइसकेको छ ।

फोटोग्राफरहरूले ग्राहकको चाहना बुझेर काम गर्न सक्नुपर्छ । कुनै परिवारले दुलहा–दुलही र परिवारलाई फोकस गरेर फोटो तथा भिडियो लिन चाहन्छन् । कतिले सबै पाहुनामा फोकस गर्न चाहन्छन् । काठमाडौंमा अहिले १ दिन अर्थात् बढीमा ८ घन्टाको भिडियो तथा फोटोग्राफीको कम्तीमा ४० हजारसम्म लिइन्छ ।

शाहनवाज, वेडिङ डायरी नेपाल

अहिले हरेक फोटोग्राफर वेडिङ फोटोग्राफीतर्फ आकर्षित देखिन्छन् । ९ वर्षअघि मैले सुरु गर्दाको वेडिङ फोटोग्राफी र अहिले आकाश–जमिनको फरक भैसकेको छ । अहिले कसैको विवाह हुन लागेको छ भने ३ देखि ६ महिनाअघिदेखि नै फोटोग्राफर बुक गर्ने चलन छ ।

विवाहको फोटो अविस्मरणीय हुनुपर्छ भन्ने मान्यता बढ्दो छ । धेरै फोटोग्राफरले वेडिङ फोटोग्राफी गरे पनि काठमाडौंमा ७–८ वटा मात्र वेडिङ फोटोग्राफी कम्पनी छन् जसले यो ट्रेन्डलाई निरन्तरता दिइरहेका छन् । यी ७–८ वटा कम्पनी सयौं फोटोग्राफर कार्यरत छन् । मेरो कम्पनीमै २० जना फोटोग्राफरको टिम छ । बाहिरको तुलनामा हामीकहाँ प्रि वेडिङ फोटोग्राफी उति फस्टाएको छैन ।

हामी रिसेप्सनभन्दा १–२ घन्टाअघि बोलाएर दुलहा–दुलहीको फोटोसुट गरिदिन्छौं जसको छुट्टै चार्ज लिँदैनौं । ५ प्रतिशतले मात्र छुट्टै प्रि वेडिङ फोटोसुट गराउँछन् । कतिवटा प्रोग्राम, कति घन्टा, कतिजनाको टिम चाहिने हो त्यो हेरेर बजेट छुट्याइन्छ ।         

 Image