Successfully Copied

विवाह विशेष मेकअप 

विवाहमा दुलहीको मेकअप तथा पहिरन पहिलो प्राथमिकतामा हुन्छ । पहिले जस्तो टोलका पार्लरका ब्युटिसियनलाई बोलाएर दुलही सिंगार्ने चलन अहिले पुरानो भएको छ । विभिन्न सामाजिक सञ्जाल तथा मेकअप आर्टिस्टका पेजहरू हेरेर वर्षाैं दिनअघिदेखि नै मेकअप आर्टिस्ट बुक गर्ने चलन छ ।

विवाहमा दुलहीको मेकअप तथा पहिरन पहिलो प्राथमिकतामा हुन्छ । पहिले जस्तो टोलका पार्लरका ब्युटिसियनलाई बोलाएर दुलही सिंगार्ने चलन अहिले पुरानो भएको छ । विभिन्न सामाजिक सञ्जाल तथा मेकअप आर्टिस्टका पेजहरू हेरेर वर्षाैं दिनअघिदेखि नै मेकअप आर्टिस्ट बुक गर्ने चलन छ ।

मेकअप आर्टिस्ट स्नेहा राणाले एक दशकअघि यसरी नै उच्च घरानाका दुलहीहरूको शृंगार महिनौं दिनअघि बुक गरेर गर्थिन् । अहिले थुप्रै मेकअप आर्टिस्टहरू छन्, जो आफूलाई ब्युटिसियन होइन मेकअप आर्टिस्ट भन्न रुचाउँछन् । विदेशमा जस्तै मेकअप आर्टिस्टले दुलहीका लागि मेकअप मात्र गरिदिन्छन् ।

राम्रा र नाम चलेका मेकअप आर्टिस्टहरूले एक जना दुलहीको एकपटक मेकअप गरेको २० हजारभन्दा माथि लिन्छन् । अहिले थुप्रै मेकअप आर्टिस्टका पेज फेसबुकमा उपलब्ध छन् जसको फलोअर्स र काम हेरेर पनि धेरै दुलहीले बुकिङ गराईरहेका हुन्छन् । कतिपय ब्राइडल मेकअपमा अब्बल पार्लरमा प्रि ब्राइडल प्याकेजहरू उपलब्ध गराई महिनौं दिनदेखि उनीहरूको सुन्दरता निखार्ने काम गरिन्छ । यस्ता ब्राइडल प्याकेजमा फेसियल, स्पा, मेनिक्योर, पेडिक्योर, वाक्सिङ, हेयर केयर, हेयर कलरिङ, कटिङ आदि सेवा उपलब्ध गराइन्छ ।  

ट्रायल मेकअप समेत गरेर हेर्छु

श्रद्धा मास्के 

मेकअप आर्टिस्ट नेपाल

दुलही शृंगारका लागि २ देखि ६ महिनाअघिदेखि बुक गर्नेहरू धेरै छन् । कतिपय भने वर्ष दिनअघि नै बुक गराई ढुक्क हुन्छन् । म एकदिनको ब्राइडल मेकअपको २० हजार लिन्छु । यदि ३–४ दिनको प्याकेज छ भने २ दिनको ३० हजार, ४ दिनको ४० हजारसम्म लिन्छु । हरेक ब्राइडल मेकअप गर्नु एक–दुई दिनअघि ट्रायल मेकअप समेत गरेर हेर्छु । यद्यपि त्यसको पैसा लाग्दैन । कतिपय दुलहीलाई कस्तो मेकअप सुहाउँछ, कस्तो लुक्समा राम्रो देखिन्छ थाहा हुँदैन । यसरी पहिले ट्रायल गर्दा ब्राइडल मेकअप परफेक्ट हुन्छ । पैसाअनुसार राम्रो रिजल्ट दिन सक्नुपर्छ भनेरै मैले ट्रायल मेकअप गर्न थालेकी हुँ । ब्राइडल मेकअपभित्र हेयर स्टाइल, ज्वेलरी लगाइदिने, ब्राइडल वेयर लगाई रेडी गरिदिने आदि काम हुन्छ । वास्तवमा भन्ने हो भने हामी दुलहीलाई पूरै सिंगारेर रेडी बनाइदिन्छौं ।

लक्ष्मी श्रेष्ठ

वरिष्ठ ब्युटिसियन पल्स ब्युटिपार्लर, इन्द्रचोक

नेपाली दुलहीहरूका लागि जुडोकै फरक–फरक हेयर स्टाइल उपयुक्त हुन्छ । हरेक हेयर ड्रेसरले दुलहीको रुचि, व्यक्तित्व, कार्यक्रम, पहिरन, एसेसरिज, ज्वेलरी के–कस्ता छन् त्यसलाई ध्यानमा राखेर हेयर स्टाइल बनाउनुपर्छ । अहिलेका ब्राइडहरू टिपिकल भन्दा फ्रेस तथा एलिगेन्ट देखिन चाहन्छन् । त्यसैले ब्राइडहरूको व्यक्तित्व निखार्न पहिरनअनुसारको हेयर स्टाइल निकै आवश्यक हुन्छ । दुलहीको ब्लाउजको डिजाइन हाइनेक, ओपन के छ त्यहीअनुसार हेयर स्टाइल बनाउनुपर्छ । धेरै खोलिएको ब्लाउजमा केशले छोप्ने स्टाइल दिने र लुगाले ढाकिने ब्लाउजमा माथिसम्म पर्ने गरी जुडो बनाउने काम हुन्छ । अहिले दुलहीहरूले इन्डो वेस्टर्न हेयर स्टाइल मन पराउँछन् । नेपाली दुलहीहरूले मुख्यत: साडी तथा लेहेंगा लगाउने र त्यस्तै हेबी गहना हुने भएकाले दुलहीका लागि फरक–फरक जुडो नै उपयुक्त हुन्छ साथमा दुलहीहरू घुम्टी लगाएर, हेबी लुगा, गहना र आगोका साथमा धेरै समय बस्नुपर्ने भएकाले घुम्टी स्टान्ड जरुरी हुन्छ । हेयर बनाएर घुम्टी स्टान्ड लगाई माथिबाट घुम्टी लगाउँदा टक्क बस्छ र आकर्षक देखिन्छ । घुम्टी स्टान्ड अर्थात् क्राउन रातो रंगको भेल्भेटको उत्तम हुन्छ । अहिले जुडोमा कन्टेम्पररी र वेस्टर्नसँग मिल्ने फ्युजन स्टाइलमा सिन्दूर राख्न मिल्ने अप टु स्टाइल विशेष रुचाइन्छ । 

 Image