Successfully Copied

दुलहीको  दाँतको हेरचाह कस्मेटिक उपचार

विवाहको मौसम छ । हाम्रो जीवनमा सौन्दर्य र फेसनका साथै मुस्कानको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यसकारण पनि राम्रो मुस्कानका लागि चिटिक्क मिलेका सेता दाँत आवश्यक मानिन्छ ।

विवाहको मौसम छ । हाम्रो जीवनमा सौन्दर्य र फेसनका साथै मुस्कानको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यसकारण पनि राम्रो मुस्कानका लागि चिटिक्क मिलेका सेता दाँत आवश्यक मानिन्छ । जसरी विवाहका लागि अहिले महिलाहरूले सौन्दर्य, गहना र पहिरनसम्बन्धी प्लान गरिरहेका हुन्छन् त्यसैगरी राम्रो मुस्कानका लागि करिब ६ महिनाअघिदेखि नै डेन्टल प्लानिङ गर्नु उपयुक्त हुन्छ ।

त्यसको प्रभाव विवाहमा गरिने फोटोसुटमा पर्छ । त्यसबेला आफ्नो मधुर मुस्कानले सबैको मन जित्न सकिन्छ । त्यस्तै दुलहाले पनि दाँतको त्यति नै ख्याल राख्नुपर्छ । सफा पहिरन लगाएर, परफ्युमले वासनादार बने पनि दाँत गन्हाएको वा नराम्रो देखियो भने खल्लो हुन्छ । बाहिरी सुन्दरताका दृष्टिले भन्दा पनि दाँत र गिजाको सफाइ मुखको स्वास्थ्यका लागि अति नै आवश्यक छ । 

डेन्टल उपचारको प्लानिङ गर्दा आवश्यकतानुसार कस्मेटिक उपचार जस्तै डेन्टल ब्लिचिङ (दाँत सेतो बनाउने), अगाडिको दाँतमा डाइमण्ड हालेर, भनियर क्राउन हालेर वा साधारण फिलिङ गराई आफ्नो दाँतको आकार मिलाउन सकिन्छ । यी सबै उपचार कम समयमै सम्पन्न गर्न सकिन्छ । त्यस्तै दाँत नमिलेको, बाङ्गोटिङ्गो भएको अवस्था छ भने विवाहको कम्तीमा १ वर्षअघिदेखि नै प्लानिङ गर्नु आवश्यक छ । यद्यपि अहिले नेपालमा पनि इनभिजिबल ब्रेसेसको चलन आइसकेको छ जसले बाङ्गोटिङ्गो दाँत सोझ्याउने काम गर्छ । यसलाई स्माइल अलाइनर्स भनिन्छ । यो उपचारमा Removasle appliance लगाइने हुँदा सजिलै झिक्न सकिन्छ । त्यसैले कसैको हतारमा गरिने विवाह छ भने पनि इनभिजिबल ब्रसेस झिक्ने टेन्सन हुँदैन ।

हरेक मानिसले विवाहका लागि छुट्टै सपना देखेका हुन्छन् । आफ्नो सपना साकार र स्मरणीय बनाउन आफ्ना दाँतलाई भित्री गहनाका रूपमा लिई उचित हेरचाह गर्नुपर्छ । दाँतले सौन्दर्यमा थप चमक ल्याउने मात्र होइन आत्मविश्वाससमेत बढाइदिन्छ । गन्हाएको सास, फोहोर अड्किएको दाँत वा नमिलेको पहेंलो दाँत छ भने जस्तो आकर्षक र महँगो पहिरन वा मेकअप हुँदाहुँदै पनि फिक्का हुन्छ ।

लुमन्ती डेन्टल- पाटनढोका 

 Image