Successfully Copied

सुपर प्लस साइज मोडल विजेता सन्ध्या 

प्लस साइज सौन्दर्यमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता टप अफ द वल्र्ड २०१९ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर तथा पचास हजार नगद पुरस्कार । यो महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भइन् सन्ध्या के.सी. जब उनको शीरमा सजियो सुपर प्लस साइज मोडल नेपाल २०१९

प्लस साइज सौन्दर्यमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता टप अफ द वल्र्ड २०१९ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर तथा पचास हजार नगद पुरस्कार । यो महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भइन् सन्ध्या के.सी. जब उनको शीरमा सजियो सुपर प्लस साइज मोडल नेपाल २०१९ को ताज । 

जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संजालन भएको सो प्रतियोगितामा नेहा गिरीले फस्ट रनर अप उपाधि उचालिन् । उनले नगद पुरस्कार रु तीस हजारको साथमा वल्र्ड टप प्लस साइज २०१९ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् । 

यसैगरी आशा चौधरीले सेकेन्ड रनर अप अवार्ड प्राप्त गरिन् । उनले पुरस्कारका रुपम नगद रु बीस हजार प्राप्त गरिन् । ओमानियाको प्रस्तुतिमा संचालन भएको यो प्रतियोगिता मोडल सङ्स नेपालको ब्यानरमा आयोजना  भएको थियो । 

 

 Image