Successfully Copied

वन्दना राणा राष्ट्र संघको सीड उपाध्यक्षमा निर्वाचित

अधिकारकर्मी एवं सञ्चारकर्मी वन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सीईडीएडब्ल्यू)को उपाध्यक्षमा निर्वाचित भएकी छिन् । राणा दुई वर्षे कार्यकालका लागी सोमबार भएको चुनावमा निर्वाचित भएकी हुन् । 

सामाजिक अभियन्ता तथा सञ्चारकर्मी वन्दना राणा संयुक्त राष्ट्र संघ अन्तर्गतको भेदभावविरुद्ध महिला समिति (सीड) को उपाध्यक्षमा निर्वाचित भएकी छन् ।

सोमबार न्यूयोर्कमा आयोजित चुनावबाट राणा दुई वर्षे कार्यकालका लागि निर्वाचित भएकी हुन् । एशिया प्रसान्त क्षेत्रबाट प्रतिनिधित्व गर्दै उनी डिसेम्बर २०२० सम्मका लागि निर्वाचित भएकी हुन् ।

राष्ट्र संघ अन्तर्गतको यो समितिमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली बन्न राणा सफल भएकी छन् । सन् २०१६ मा वन्दना समितिको विशेषज्ञ सदस्यको रुपमा निर्वाचित भएकी थिइन् ।

पहिले सञ्चार क्षेत्रमा आवद्ध भएकी वन्दना राणा सामाजिक मुद्दा र महिला मानव अधिकारको क्षेत्रमा सक्रिय छिन् ।

राणा महिला र बालिकाविरुद्ध हुने हिंसा र भेदभावविरुद्ध काम गर्ने सामाजिक संस्था साथीकी संस्थापक हुन् । उनी हाल यो संस्थामा रणनीतिक निर्देशकको रुपमा कार्यरत छिन् ।

 

 Image