Successfully Copied

इलेक्ट्रोनिक थर्मामिटरको सही प्रयोग

ज्वरो आएका बेला शरीरको तापक्रम नाप्न धेरैले घरमा आफैं इलेक्ट्रोनिक थर्मामिटर प्रयोग गरेको पाइन्छ । ज्वरो नाप्न पारो अर्थात् मर्करी प्रयोग भएको ग्लास थर्मामिटर नै उपयुक्त मानिन्छ ।

ज्वरो आएका बेला शरीरको तापक्रम नाप्न धेरैले घरमा आफैं इलेक्ट्रोनिक थर्मामिटर प्रयोग गरेको पाइन्छ । ज्वरो नाप्न पारो अर्थात् मर्करी प्रयोग भएको ग्लास थर्मामिटर नै उपयुक्त मानिन्छ । यद्यपि ग्लास फुट्ने हुनाले सहजताका लागि धेरैले इलेक्ट्रोनिक वा डिजिटल थर्मामिटर प्रयोग गर्न थालेका छन् । इलेक्ट्रोनिक थर्मामिटरमार्फत शरीरको तापक्रम नाप्न पारोको साटो हिट सेन्सरको सहयोग लिइन्छ । यसलाई मुख, काखी आदि ठाउँमा राखेर प्रयोग गरिन्छ । 

थर्मामिटरलाई ४० सेकेन्डसम्म नहल्लाई मुख वा काखीमा राखे विश्वसनीय नाप लिन सकिन्छ । काखीमा लिइएको रिडिङभन्दा १ डिग्री सेल्सियस बढी तापक्रम भएको मान्नुपर्छ । उक्त थर्मामिटरको सहयोगले ज्वरो नाप्नुभन्दा १५ देखि २० मिनेट पहिलेदेखि केही खानु वा पिउनु हुँदैन । थर्मामिटर प्रयोग गरेका बेलामा मुख पूरै बन्द गर्नुपर्छ अनि मात्र रिडिङ सही हुन्छ । साना बालबालिकाको ज्वरो सकेसम्म उनीहरू सुतेको समयमा नाप्नु उपयुक्त हुन्छ अन्यथा उनीहरूले शरीर हल्लाउँदा नाप गलत आउने सम्भावना हुन्छ । प्रयोग गरेपछि इलेक्ट्रोनिक थर्मामिटर अफ गर्नुपर्छ, किनभने त्यसको ब्याट्री सकिने सम्भावना हुन्छ । 

मायो क्लिनिकसहित विभिन्न संस्थाले गरेको अनुसन्धानअनुसार ग्लास थर्मामिटर तथा इलेक्ट्रोनिक थर्मामिटरले शरीरको तापक्रम नाप्दा शून्य दशमलव १ देखि शून्य दशमलव २ डिग्री सेल्सियससम्मको अन्तर पाइन्छ । 

 

 Image