Successfully Copied

बर्षा सिवाकोटीको बिहे कहिले होला ?

सुन्दरताको हिसाबले मात्रै होइन, बर्षा सिवाकोटी अभिनयमा पनि राम्रो दख्खल भएकी अभिनेत्री हुन् । पशुपती प्रसाद, नाई नभन्नु ल २, सुव्बा साब, जय सम्भु, भैरे, कारखाना लगायतका चलचित्रमा काम गरेर दर्शकको मन जित्न सफल उनी अभिनित चलचित्र पुरानो वुलेट र बिर बिक्रम–२ प्रदर्शनको

सुन्दरताको हिसाबले मात्रै होइन, बर्षा सिवाकोटी अभिनयमा पनि राम्रो दख्खल भएकी अभिनेत्री हुन् । पशुपती प्रसाद, नाई नभन्नु ल २, सुव्बा साब, जय सम्भु, भैरे, कारखाना लगायतका चलचित्रमा काम गरेर दर्शकको मन जित्न सफल उनी अभिनित चलचित्र पुरानो वुलेट र बिर बिक्रम–२ प्रदर्शनको तयारीमा छन्, बिर बिक्रमबाट वर्षाले निकै ठुलो आशा समेत राखेको बताउँछिन् ।

यिनै लोकप्रिय अभिनेत्री बर्षा सिवाकोटी हालै कान्तिपुरका रामजी ज्ञवालीसँग भएको एक अन्तरवार्तामा आफ्नो बिहेको बिषयमा मुख खोलेकी छिन् । बर्षा भन्छिन्, ‘पहिले घरपरिवारमा बिहे गर्न निकै दबाब आउथ्यो, उहाँहरु विस्तारै मुख बन्द गर्नुभयो । केटाहरु पनि ल्याउन छोड्नुभयो । अहिले मिडिया र साथीभाइहरुले बिहे कहिले गर्ने भनेर वाक्क पार्न थाले ।’ त्यसो भए कहिले गर्ने त विहे ? बर्षाले फेरी भनिन्, ‘बिहे भन्ने कुरा जर्बजस्ती हुने कुरा हैन, समय आएपछि पक्कैपनि होला नि !’

बर्षाले अहिले चलचित्र क्षेत्रमा सक्रिय रहेको र यो समयमा दाँयावाँया नलाग्ने बताउँछिन् । आफ्नो योजना अनुसार वर्षालाई परिवारले आजभोली घरमा विहेको कुरा गर्न छाडिदिए रे । साथीभाई र मिडियाले आजभोली बिहेको विषयमा प्रश्न सोधेर हैरान पार्न थाले रे । आफु करिअरमा बनाउन अन्त कतै ध्यान नदिएका कारण समयमा बिहे नगरेको बर्षा बताउँछिन् ।

बिहे गर्ने समयमा पनि नभएपछि धेरैले अनुमान गर्ने कुरा हो, कतै प्रेमिका कारण ढिलाई पो भएको हो की ? बर्षा लामो हाँसोका बिच भनिन्, ‘अहिले म सिंगल छु, प्रेमि पनि छैन । प्रेममा परेर जिबन बर्वाद गर्नुपनि छैन ।’ उनले सम्भाबित व्यक्ती नभेटिएको र भेटिएको खण्डमा मात्रै बिहे बारेमा सोच्ने बताइन् ।

त्यसो भए बर्षाको ड्रिम ब्वाए कहिले आउने होला ? बर्षाको सिउदोमा सिन्दुर कसले भर्ने होला ? यि अभिनेत्री इमान्दार रुपमा बोलेको भए यो प्रश्नको उत्तर भगवानलाइ बाहेक कसैसँग छैन अब ।

पुरा अन्तरवार्ता हेर्नुस

 Image