Successfully Copied

महिलाहरू स्वास्थ्यप्रति जागरुक हुँदैछन् 

महिलामा योनिको संक्रमण, योनिबाट सेतो पानी बग्ने, पाठेघरमा ट्युमर पलाउने, रक्तस्राव हुने, पाठेघरमा संक्रमण आदि समस्या बढी देखिएका छन् । यसैगरी गर्भवती महिलामा उच्च रक्तचाप, बच्चा जन्माउन नसकेर रक्तस्राव हुने आदि समस्या देखापर्छन् । यसैगरी अहिले कतिपय महिलामा बाँझोपनको समस्यासमेत देखिन थालेको छ । 

डा. जागेश्वर गौतम, निर्देशक

परोपकार प्रसूति गृह अस्पताल, थापाथली 

महिलाको डाक्टर बन्ने सोच 

पर्वतमा जन्मिएका डा. जागेश्वरकोमनमा कुनै समय काट्ने, चिर्ने र सिलाउने काममा नलाग्ने विचार पनि आएको थियो । गुरु डा. बिकेमान सिंहले उनलाई एमबीबीएसपछि इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजीमा डीएम गर्न सल्लाह दिएका थिए । त्यसलाई मनन गर्दै उनी अमेरिकामा मेडिकल लाइसेन्स प्राप्त गर्ने परीक्षाको तयारीमा लागेका थिए । अमेरिका उड्नुअघि साथीहरूसँग मुगु घुमेर फर्कने क्रममा जुम्लामा उनले बच्चा पाउन नसकेकी १७ वर्षकी एक किशोरीलाई डोकोमा राखेर ल्याइरहेको देखे । बाटैमा ती किशोरीको मृत्युसमेत भयो । त्यही रात नै उनले आफ्नो जीवनको सर्वाधिक बोल्ड निर्णय लिए । उनको मनमा अमेरिका नगई नेपालमै स्त्री रोगसम्बन्धी विशेषज्ञता हासिल गर्ने र यही क्षेत्रमा काम गर्ने सोच आयो । त्यहीे नै उनको जीवनको टर्निङ प्वाइन्ट थियो । यो क्षेत्रमा प्रशस्त काम गर्न सकिन्छ भनेर उनले आफ्नो अध्ययनलाई अघि बढाउँदै लगेका हुन् । 

काममा सन्तुष्टि 

डा. गौतमसँग नेपालका धेरै विकट जिल्लामा काम गरेको अनुभव छ । दुःखी एवं असहायको सेवा गरेर बिरामी ठीक हुँदा उनलाई आनन्द महसुस हुन्छ । डा. गौतमले भद्रपुर, झापा, राजविराज, इलाम आदि धेरै जिल्लाका क्याम्पमा आङ खस्ने समस्याको उपचार गरिसकेका छन् । त्यसैगरी धेरै निःसन्तान दम्पतीको उपचार गरेर उनीहरूलाई सन्तान सुख दिलाइसकेका छन् । डा. गौतमका अनुसार डाक्टरको व्यवहार राम्रो भए बिरामीको ८० प्रतिशत रोग निको हुन्छ ।

महिलामा देखिने मुख्य समस्या 

महिलामा योनिको संक्रमण, योनिबाट सेतो पानी बग्ने, पाठेघरमा ट्युमर पलाउने, रक्तस्राव हुने, पाठेघरमा संक्रमण आदि समस्या बढी देखिएका छन् । यसैगरी गर्भवती महिलामा उच्च रक्तचाप, बच्चा जन्माउन नसकेर रक्तस्राव हुने आदि समस्या देखापर्छन् । यसैगरी अहिले कतिपय महिलामा बाँझोपनको समस्यासमेत देखिन थालेको छ । 

स्वास्थ्यप्रति सचेत 

तुलनात्मक रूपमा अहिले महिलाहरू स्वास्थ्यप्रति सचेत हुन थालेका छन् । उनीहरू डाक्टरले जाँचेपछि विभिन्न प्रश्न गर्छन् । अहिले प्रविधिका कारण स्वास्थ्यप्रति उत्सुक हुँदै महिलाहरू आफ्नो समस्या व्यक्त गर्छन् । यसलाई सुखद् मान्न सकिन्छ । 

महिलाका डाक्टर हुनुको 

सजिलो/अप्ठ्यारो

उनी डाक्टर भएको समयमा नेपालमा स्त्रीरोग विशेषज्ञ औंलामा गन्न सकिन्थे । पुरुषप्रधान समाजमा महिलाहरू खुलेर आफ्नो स्वास्थ्य समस्या बताउन हिच्किचाउँथे । महिला रोग विज्ञ भएकै कारण डा. गौतमले तीन वर्ष बेरोजगार बस्नुपर्‍यो । अस्पतालमा पुरुष चिकित्सक देख्नासाथ महिलाहरू टाढै बस्थे । नजिक आएकाहरू पनि खुलेर आफ्नो समस्या व्यक्त गर्न सक्दैनथे । अहिले त्यस्तो अवस्था छैन । धेरै बिरामी महिला पुरुष विज्ञसँग उपचार गराउन आउने गरेका छन् । एउटा चिकित्सकले उपचार गर्दा महिला–पुरुष भन्ने हुँदैन । महिलाको जाँच गर्ने क्रममा स्वास्थ्यकर्मी साथमा हुन्छन् । डा. जागेश्वरले लामो समय बिरामीको सेवामा बिताएका छन् । २४ सै घन्टा व्यस्त रहनुपर्ने पेसा भएकाले उनले परिवारसँग घुम्न, पार्टीमा जान तथा समयमा खान पाउँदैनन् । यद्यपि उनलाई यसमा कुनै गुनासो छैन । बिरामीको सेवा गर्दा नै सन्तुष्टि प्राप्त हुन्छ । 

आफ्नै परिवारमा चेकअप 

मैले बहिनी तथा बुहारीको उपचार गरेको छु । केही समय अघिमाक्र बुहारीको शल्यत्रिया गरेको थिएँ । उपचार कक्षमा पुगेपछि आफन्त तथा अन्य भन्ने महसुस हुँदैन, सबै बराबर हुन्छन् । 

अहिले प्रविधिको विकास 

अहिले प्रविधिमा पनि व्यापक सुधार आएको छ । पहिले काटेर नै अप्रेसन गर्नुपर्ने अवस्था थियो भने अहिले प्वाल पारेर गर्न सकिन्छ । पेटमा ठूलो घाउ नबनाई नाइटोबाट दूरबिनले हेर्ने र नाइटोको छेउछाउमा दुईवटा प्वाल बनाएर औजार छिराएर गरिने उपचार विधिलाई लेप्रोस्कोपिक सर्जरी भनिन्छ । पाठेघर निकाल्न, पाठेघरको ट्युमर निकाल्न, पाठेघरको डिम्बमा पानीको फोका भए–नभएको थाहा पाउन लेप्रोस्कोपिक उपयोगी हुन्छ । बाँझोपनमा पाठेघरको नली खुल्ला छ कि छैन हेर्न पनि यसको प्रयोग गर्न सकिन्छ । 

सन्तुष्टि मिलेको काम ? 

म अहिलेसम्म आफ्नो कामबाट सन्तुष्ट छु । चितवन अस्पतालमा हुँदा दुईवटा बच्चा भएर परिवार नियोजनको अप्रेसन ल्याप्रेस्कोपी गराएकी महिलाले अर्को युवकसँग विवाह गरिन् । ती महिला पुनः सन्तान जन्माउन चाहन्थिन् । डा. गौतमले उनको परिवार नियोजन उल्टाउँदै अरुले नै गरेको अप्रेसन काटेर फालिदिएका थिए । पछि ती महिलाले सन्तान जन्माइन् । बिरामीलाई खुसी दिन सके आफूलाई खुसी लाग्छ–डा. गौतम भन्छन् । त्यसैगरी बिरामीको रोग ठीक भएर, आमाबाबु बन्न पाएर उनीहरू खुसी हुँदाको क्षण उनलाई निकै रमाइलो लाग्छ । 

दुःखद् क्षण 

डा. गौतमको अनुभवमा उनले हेरेका बिरामी हत्तपत्त मरेका छैनन् । प्रयास गर्दा पनि बिरामीलाई बचाउन नसक्दा भने धेरै दुःख लाग्छ भन्छन्–उनी । सेतो पानी बग्ने, पाठेघरमा ट्युमर पलाउने, रक्तस्राव हुने, पाठेघरमा संक्रमण आदि समस्या बढी देखिएका छन् । यसैगरी गर्भवती महिलामा उच्च रक्तचाप, बच्चा जन्माउन नसकेर रक्तस्राव हुने आदि समस्या देखापर्छन् । यसैगरी अहिले कतिपय महिलामा बाँझोपनको समस्यासमेत देखिन थालेको छ । 

 Image