आइक्लबमा फेसन मेनियाँ
फाल्गुन २६, २०७५
दरबारमार्गस्थित आईक्लबमा अघिल्लो बुधवारको वातावरण केही फरक थियो । मोडलहरू लामो समयदेखि आयोजना हुँदै आएको फेसन मेनिया शीर्षकको फेसन शोको १९ औं श्रृंखलामा क्याटवाक गर्न तयार देखिन्थे । राति दस बजेपछि र्याम्पमा चम्किलो प्रकाशसँगै मोडलहरूको क्याटवाक प्रारम्भ भयो ।
कोरियोग्राफर विनोद सिंह मोडलहरूले करिब दुई साताको प्रशिक्षण लिएको बताइरहेका थिए । अभिनेत्री कविता श्रेष्ठ शो–स्टपर रहेको उक्त फेसन शोका क्रममा गायक सुमन श्रेष्ठले सांगीतिक प्रस्तुति दिएका थिए भने जादुगर तथा अभिनेता महादेव त्रिपाठीको हास्य प्रस्तुतिबाट दर्शकले प्रशस्त मनोरञ्जन प्राप्त गरे । उक्त फेसन शोमा डिजाइनर्स हाउस तथा एसएनएस ट्रेड कन्सर्नका पहिरनहरू प्रदर्शन गरिएको थियो ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्