Successfully Copied

सदीक्षाको  सफलताको सूत्र 

विद्यालय जीवनमा मैले जुन विधि अपनाएर पढें, स्नातकोत्तरसम्म पनि त्यही विधि अपनाएँ । कक्षाकोठामा ध्यान भड्किन दिइन । सधैं पढाइमा केन्द्रित भएर अघि बढें । सम्भवतः त्यसैले होला, स्नातकोत्तर तहमा पनि मैले उत्कृष्ट नतिजा हात पारें । 

त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विद्याभूषण पदक थाप्दा गौरवानुभूति भयो । आफ्नो परिश्रमको फल पाएजस्तो लाग्यो । लामो समय विदेशमा बसेकाले मलाई यहाँ एडजस्ट हुन केही समय लाग्यो । 

म आफूले रोजेको विषय एमबीए र अहिले गरिरहेको कामबाट निकै सन्तुष्ट छु । नेपालमै बसेर काम गर्दा आफ्नो परिवार तथा साथीभाइहरूसँग सुख–दुःख साट्न पाइन्छ । यहाँ आफ्नो कमाइप्रति पनि गुनासो गर्ने ठाउँ छैन । 

नेपालमा कुनै पनि डिग्री छ भन्दैमा राम्रो जागिर पाइन्छ भन्ने छैन । डिग्रीले हामीलाई बिकाउने होइन, आफूले आफैंलाई बिकाउन सक्नुपर्छ । डिग्रीले व्यवस्थापकीय क्षमता मात्र बढाउँछ । सफल हुन शैक्षिक डिग्रीका साथै आफूलाई क्षमतावान् पनि साबित गर्नुपर्छ । भविष्यमा के गर्ने भनेर योजनाबद्ध तरिकाले अघि बढे पक्कै सफल भइन्छ । 

 Image