Successfully Copied

बन्दनाको फड्को

सञ्चारकर्मी वन्दना राणा संयुक्त राष्ट्रसंघअन्तर्गतको भेदभावविरुद्ध महिला समिति (सिड) को उपाध्यक्षमा निर्वाचित भएकी छिन् । न्यूयोर्कमा भएको चुनावबाट राणा दुई वर्षे कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

राष्ट्रसंघअन्तर्गतको यो समितिमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली बन्न सफल राणा एसिया प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्दै डिसेम्बर २०२० सम्मका लागि निर्वाचित भएकी हुन् । सिडमा महिलाका मुद्दाका २३ जना विज्ञले प्रतिनिधित्व गर्दै आएका छन् ।

वन्दना सन् २०१६ मा समितिको विशेषज्ञ सदस्य निर्वाचित भएकी थिइन् । महिला तथा बालिकाविरुद्ध हुने हिंसा र भेदभावविरुद्ध काम गर्ने सामाजिक संस्था साथीकी संस्थापक राणा हाल उक्त संस्थाको रणनीतिक निर्देशकका रूपमा कार्यरत छिन् ।

 Image