Successfully Copied

अस्थायी साधन प्रयोग र पुनः गर्भाधानमा समस्या

यदि शिशु ३ वर्ष पुगिसकेको छ र उसले आमाको दूध खाँदैन भने अर्को सन्तानको योजना बनाउनु ठीक होला । २८/३० दिनमा महिनावारी हुनु ठिक हो । ३ महिना अस्थायी साधन प्रयोग नगर्दैमा र नियमित सम्पर्क गर्दैमा गर्भ रहेन भनेर आत्तिनु पर्दैन । 

म ३० वर्षीय युवा हुँ । मेरो विवाह भएको सात वर्ष भयो । मेरी एउटी छोरी छिन् । हामीले एउटा अर्को सन्तानको चाहना गरेका छौं । हामीले करिब ३ महिनादेखि अस्थायी साधनबिना यौनसम्पर्क गर्दा पनि गर्भ बसेको छैन । श्रीमतीको महिनावारी २८/३० दिनमा नियमित रूपमै भैरहेको छ । के कारणले गर्भ नबसेको होला ? हामीले अब के गर्नुपर्ला अनि के–कस्ता जाँच गराउनुपर्ला ? 

                                                                                                वाई

तपाईंहरूको पहिलो शिशु कति वर्षको भयो अनि उसले आमाको दूध खान्छ कि खाँदैन ? प्रश्नमा उल्लेख छैन । यदि शिशु ३ वर्ष पुगिसकेको छ र उसले आमाको दूध खाँदैन भने अर्को सन्तानको योजना बनाउनु ठीक होला । २८/३० दिनमा महिनावारी हुनु ठिक हो । ३ महिना अस्थायी साधन प्रयोग नगर्दैमा र नियमित सम्पर्क गर्दैमा गर्भ रहेन भनेर आत्तिनु पर्दैन । 

समान्यतः २ बर्ष नियमित (हप्तामा ३ पटक वा बढी) यौनसम्पर्क गरेको अवस्थामा, परिवार नियोजनका साधन प्रयोग नगरेको खण्डमा ८० प्रतिशत दम्पतीमा गर्भ रहन्छ । तपाईंहरू बिना कुनै तनाव नजिकको प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श गरेर आवश्यक परिक्षण (अल्ट्रासाउन्ड, शुक्रकीट, रगतमा हार्मनको मात्रा) गराएर अलिक चाँडै गर्भ रहने उपाय अपनाउन सक्नुहुन्छ ।

 Image