Successfully Copied

चायाँ हटाउने उपाय

केशमा चायाँ पर्नु स्वाभाविक हो । शरीरबाट तेल र पसिना निस्कने हुँदा यो समस्या वृद्धि हुन्छ । कतिपय अवस्थामा स्केल्प ओयली तर केश सुख्खा र रुखो हुन्छ । स्केल्पको रोमछिद्र बन्द भएका कारण त्यस्तो भएको हो । यसले नेचुरल ओयलको समुचित बाँडफाँडमा बाधा पुर्‍याउँछ । 

केशमा चायाँ पर्नु स्वाभाविक हो । शरीरबाट तेल र पसिना निस्कने हुँदा यो समस्या वृद्धि हुन्छ । कतिपय अवस्थामा स्केल्प ओयली तर केश सुख्खा र रुखो हुन्छ । स्केल्पको रोमछिद्र बन्द भएका कारण त्यस्तो भएको हो । यसले नेचुरल ओयलको समुचित बाँडफाँडमा बाधा पुर्‍याउँछ । 

ओयल थेरापी 

स्टिकी चायाँ छ भने हट ओयल थेरापी लाभदायक हुन्छ । यसमा तिल वा जैतुनको तेल तताएर कटनले हल्का रगड्दै स्केल्पमा लगाउनुपर्छ । त्यसपछि तातोपानीमा टाबेल भिजाई निचोरेर शिरमा बेर्नुपर्छ ।

५ मिनेटजति राखेपछि पुनः तातोपानीमा टाबेल भिजाउने र पुनः केशमा बेर्ने । यस्तो तीन–चार पटक गरे केश र स्केल्पले राम्रोसँग तेल एब्जर्ब गर्छ । तेल लगाइएको केश रातभरि नपखाली त्यसै छोड्नुपर्छ । बिहान स्केल्पमा कागतीको रस लगाएर २० मिनेटपछि केश पखाल्ने । 

नियमित स्याम्पु : मनसुनमा केशलाई केही समयको अन्तरालमा स्याम्पु गर्नुपर्छ । केश ओयली छ भने त यो अझ बढी आवश्यक हुन्छ । माइल्ड हर्बल स्याम्पु प्रयोग गरेपछि केशलाई 

राम्रोसँग धुनुपर्छ । 

मेहन्दी : हरेक साता केशमा मेहन्दी लगाउनुपर्छ । मेहन्दीमा ४ सानो चम्चा कागतीको रस, त्यति नै कफी, दुईवटा अण्डा, एउटा सानो चम्चा मेथी पाउडरमा चिया मिसाएर गाढा पेस्ट बनाउने । त्यसलाई केशमा प्रयोग गरी एक घन्टापछि पखाल्ने । अण्डा प्रयोग गर्ने हो भने चियाको मात्रा अलि बढाउनुपर्छ । 

एसेन्सियल ओयल : ५० मिलिलिटर गुलाबजलमा रोजमेरी एसेन्सियल ओयलको ५ थोपा मिसाएर राम्रोसँग बन्द बोतलमा राख्ने । त्यसको प्रयोग स्याम्पु गरेपछि स्केल्पमा गर्नुपर्छ र केही समय त्यत्तिकै राखेपछि केश पखाल्ने । 

हेल्दी स्केल्प : दुई मुठी निमको पातलाई तातोपानीमा रातभर राख्ने । बिहान उक्त पानीले केश पखाल्ने । यसले चिलाउने समस्या कम गर्नुका साथै स्केल्प हेल्दी तथा इन्फेक्सनमुक्त हुन्छ । यसबाहेक निमको पातको पेस्ट बनाएर स्केल्पमा लगाउने र आधा घन्टापछि पखाल्ने । 

प्राकृतिक कन्डिसनर 

रिच कन्डिसनरको ठाउँमा चिया र कागतीजस्ता हर्बल हेयर रिन्स उपयुक्त हुन्छ । यसका लागि प्रयोग गरिएको चियापत्तीलाई अलिक बढी पानीमा पुनः उमालेर चिसो भएपछि त्यसमा कागतीको रस मिसाउने । स्याम्पु गरेपछि यो मिश्रणलाई लास्ट रिन्सका रूपमा प्रयोग गर्नुपर्छ । यसले केश चिपचिप हुन दिँदैन ।

 Image