Successfully Copied

मिस इको इन्टरनेसनलमा मुनाको यात्रा

फेसन मोडलको रुपमा परिचय बनाउन सफल मुना गौचनले हालै इजिप्टमा संचालन भएको ‘मिस इको इन्टरनेसनल २०१९’ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा उत्कृष्ट २१ सम्मको यात्रा तय गर्न सफल भएकी छिन् ।

फेसन मोडलको रुपमा परिचय बनाउन सफल मुना गौचनले हालै इजिप्टमा संचालन भएको ‘मिस इको इन्टरनेसनल २०१९’ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा उत्कृष्ट २१ सम्मको यात्रा तय गर्न सफल भएकी छिन् । प्रतियोगितामा सहभागि भएका विश्वका पाच दर्जन भन्दा बढी सुन्दरीहरु मध्ये उत्कृष्ट २१ सम्म यात्रा तय गरेकी मुनाको ट्यालेन्ट राउन्ड अन्तर्गतको नृत्य प्रस्तुति उत्कृष्ट १५ भित्र पर्न सफल भएको थियो । 

इजिप्ट स्थित कायरो ओपेरा हाउसमा गएको मार्च २९ तारिखमा संचालन भएको फाइनल प्रतिस्पर्धामा पेरुकी सुहिन सिप्रियानीले मिस ईको इन्टरनेसनल २०१९ को ताज पहिरिन सफल भएकी छिन् । 

मिस इको इन्टरनेसनल प्रतियोगिताका नेपालको आधिकारिक संस्था ग्रीन आर्टस् मिडिया प्रा.लि.ले राजधानीको आयोजना गरेको एक समारोह वीच मुनालाई औपचारिक रुपमा मिस इको इन्टरनेसनल नेपाल २०१९ का रुपमा ताज पहिर्‍याइएपछि मुनाको यात्रा मिस ईको इन्टरनेसनल २०१९ का लागि तय भएको थियो । 

इजिप्ट जानुपूर्व मुनाले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सहभागिता सम्बन्धीत आवश्यक प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यबाट प्राप्त गरेकी थिइन् भने उनको ट्यालेन्ट राउन्ड प्रस्तुति नृत्य निर्देशक केशव खड्का तयार गरेका थिए । 

चिटिक्क मिलेको जिउडाल, बोल्ड एवं स्टाइलिस तथा सौम्य शालीन दुवै छविमा प्रस्तुत हुन सक्के खुबी राख्ने मुना दर्जनौं पटक फेसन शोको रनवेमा मोडल रुपमा प्रस्तुत भइसकेकी छिन् ।  उनी  फेश अफ क्लासिक डायमण्ड २०१७ की विजेता पनि हुन् । विभिन्न टि.भि. तथा छापा विज्ञापनमा छाइसकेकी मुनाले चपली हाइट टू, जालो र जालो रिटर्नस्मा अभिनेत्रीका रुपमा पनि प्रस्तुत भइसकेकी छिन् । 

 

 Image