Successfully Copied

कर्पोरेट लुक

कर्पोरेट लुक नयाँ कुरा होइन । रिसेप्सनिस्टदेखि न्युज एंकरसम्मको अफिस वेयरको अर्को नाम नै कर्पोरेट वेयर भैसकेको छ । कर्पोरेट लुकमा महिलाको लुक फेमिनेन हुन्छ तर त्यसबाट स्ट्रोङ, इन्टेलिजेन्ट तथा अट्रेक्टिभ पर्सनालिटी देखिन्छ । यस्तो व्यक्तित्वको पहिलो सर्त नै हाइक्वालिफाइड हुनुका साथै स्ट्रोङ, पर्सनालिटी देखिनु हो ।

कर्पोरेट लुक नयाँ कुरा होइन । रिसेप्सनिस्टदेखि न्युज एंकरसम्मको अफिस वेयरको अर्को नाम नै कर्पोरेट वेयर भैसकेको छ । कर्पोरेट लुकमा महिलाको लुक फेमिनेन हुन्छ तर त्यसबाट स्ट्रोङ, इन्टेलिजेन्ट तथा अट्रेक्टिभ पर्सनालिटी देखिन्छ । यस्तो व्यक्तित्वको पहिलो सर्त नै हाइक्वालिफाइड हुनुका साथै स्ट्रोङ, पर्सनालिटी देखिनु हो । त्यसैले कर्पोरेट लुकका लागि ग्रुमिङ आवश्यक छ । ग्रुमिङमा कुराकानी गर्ने शैली, टेबल म्यानर्स, हिँड्ने, उठ्ने, बस्ने तरिकाबाहेक व्यक्तिगत सरसफाइ, स्वास्थ्यप्रतिको जागरुकता, पहिरन शैली, मेकअप आदि धेरै कुरा पर्छन् । 

पर्सनालिटी हाइजिन 

 शरीर फुर्तिलो हुनु पहिलो सर्त हो । यसका लागि स्लिम एन्ड फिट रहनु आवश्यक छ अनि मात्र काममा स्फुर्ती कायम रहन्छ । खानपानमा सचेत रहनुपर्छ । यसका लागि पौष्टिक आहार पहिलो आवश्यकता हो । दैनिक ८–१० गिलास पानी सेवन गर्नुपर्छ भने डिप फ्राइबाट टाढै रहनुपर्छ । पर्सनल हाइजिनमा व्यक्तिगत सरसफाइ, पेडिक्योर, मेनिक्योर, अनावश्यक रौंको सफाइ, शारीरिक दुर्गन्ध आदि मुख्य कुरा हुन् । पेट सफा भए छालामा निखार एवं चमक देखिन्छ । 

नेचुरल मेकअप 

मेकअप यस्तो हुनुपर्छ जुन देखिँदैन । यसका लागि छाला स्वस्थ हुनुपर्छ । छालाको हेरचाहका लागि पौष्टिक भोजन जरुरी छ । मेकअप गर्दा सधैं लिपपोत नै गर्नुपर्छ भन्ने छैन । कहिलेकाहीँ नो मेकअप लुक पनि राम्रो देखिन्छ । छालामा लावण्य तथा कोमलताका लागि टिन्टेड मोइस्चराइजर तथा सनब्लक क्रिम लगाएर पफ गर्न सकिन्छ । पफपछि इच्छाअनुरूप वेज वा ब्राउन रंगको आइस्याडो, गाजल तथा मस्कारा लगाएर एउटा नयाँ लुक प्राप्त गर्न सकिन्छ । छालाका दाग–धब्बा लुकाउन कन्सिलर प्रयोग गर्नुपर्छ । 

सुख्खा तथा फुटेको ओठका लागि पहिले लिपक्रिम लगाएर सुख्खा ओठको मृत छालालाई नरम हुन दिनुपर्छ । त्यसपछि सफ्ट ब्रस वा नरम खालको टिसु पेपरले क्रिमसहित मृत छालालाई निकाल्नुपर्छ । त्यसलगत्तै लिपिस्टिक वा लिपग्लस प्रयोग गर्नु ठीक होइन । सुख्खा छाला निकालेपछि पुनः एकपटक क्रिम प्रयोग गर्नुपर्छ । केही समयपछि पुछेर पहिरन एवं छालाको रंगअनुरूप लिपिस्टिक वा लिपग्लस प्रयोग गर्न सकिन्छ । 

हेयर स्टाइल 

छोटो र लामो केशको हेयर स्टाइल अलग–अलग हुन्छ । छोटो केशलाई म्यानेज गर्न सजिलो हुन्छ भने लामो केशलाई म्यानेज गर्न समय लाग्छ । छोटो केशमा उमेर, शारीरिक उचाइ तथा मुहारको आकृतिअनुरूप ब्लन्ट, बब कट, मसरुम कट आदि अपनाउन सकिन्छ । यदि केश लामो छ भने कर्पोरेट लुकका लागि फ्रेन्च नट वा लो जुडोलाई टाइट गरी पिनअप गर्नुपर्छ । त्यसबाहेक पोनिटेल पनि आकर्षक हुन्छ । लामो केशमा लेयर्स पनि राम्रो देखिन्छ । 

ड्रेस कोड 

पहिरनमा वेस्टर्न वा इन्डोवेस्टर्न दुवै प्रयोग गर्न सकिन्छ । कर्पोरेट लुकमा साडी सुहाउँदैन भन्ने भ्रम छ । कर्पोरेट लुकका लागि साडी मेट फिनिस वा कटन ह्यान्डलुम साडी उक्तम हुन्छ । कटनको साडी स्टार्चयुत्त र राम्रोसँग आइरन गरिएको हुनु जरुरी छ । साडी लगाउने शैली लेविस हुनुपर्छ । साडी वेल कटेड र वेल फिटेड हुनुपर्छ । ब्लाउजको डिजाइन जस्तै भए पनि आरामदायक हुनुपर्छ । त्यसबाहेक परिवेश र मिटिङको उद्देश्यअनुरूप कहिलेकाहीँ स्लिवलेस ब्लाउजसमेत प्रयोग गर्न सकिन्छ । 

साडीबाहेक सलवारसुट र पेन्टसुट पनि उपयुक्त विकल्प हुन् । पाइन्ट वेल फिटेड हुनु जरुरी छ । टपका लागि अहिले थुप्रै प्रकारका सर्ट उपलब्ध छन् । कर्पोरेट लुकका सर्ट स्ट्राइपदेखि चेक्ससम्मका सबै प्रयोग गर्न सकिन्छ । स्कर्ट स्ट्रेट कटदेखि निलेन्थ, लङ स्कर्ट अहिले प्रयोगमा छन् । फर्मल सुटमा नेबी ब्लु, ब्ल्याक, ब्राउन तथा ग्रे कलर बढी प्रचलित भएको पाइन्छ । 

 

 Image