Successfully Copied

वातावरण मैत्री घर

वर्षामा परेको पानी जमिनमा पठाउन एउटा इनार र पानी जम्मा गर्ने ट्याङ्की बनाउन नपाएकोमा भने उनलाई पछुतो छ । घरको छानाको स्लोप मिलेको हुँदा सोलार सिस्टम जोडेर विद्युत् खपत घटाउने उनको योजना भने पूरा हुन बाँकी छ जहाँबाट सबै कोठा, भान्सा र चोटामा जान

वर्षामा परेको पानी जमिनमा पठाउन एउटा इनार र पानी जम्मा गर्ने ट्याङ्की बनाउन नपाएकोमा भने उनलाई पछुतो छ । घरको छानाको स्लोप मिलेको हुँदा सोलार सिस्टम जोडेर विद्युत् खपत घटाउने उनको योजना भने पूरा हुन बाँकी छ जहाँबाट सबै कोठा, भान्सा र चोटामा जान मिल्छ । काठको भर्‍याङले यो घरको भित्री मौलिकतालाई जोगाएको छ । 

घर बनाउन त्यति सजिलो छैन । ठूलो मेहनत, पसिनाको कमाइ अनि वर्षौंको धैर्य र कतिपय इच्छा एवं चाहनाको त्यागपछि बल्ल बन्छ घर । त्यसैले त बूढापाकाहरू भन्छन्–‘घर नबनाई पुरुष र विवाह नगरी नारी पूर्ण हुँदैनन् ।’ हाम्रो घर पारिवारिक थलो हो जहाँ हाम्रो मौलिक परम्परा, सांस्कृतिक विविधता एवं सुरक्षा जोडिएको हुन्छ । भावी सन्ततिका लागि हामीले कमाएको घर नै पुर्खाको चिनो र गौरव बनेर पुस्तौंसम्म खडा रहन्छ । घर हाम्रा लागि पहिचान र गौरवको विषय हो । ललितपुर, कुसुन्ती निवासी मदनकृष्ण तिमिल्सिनाले बनाएको यो सानो सुन्दर घर धेरैको आँखामा परेको छ । कम लागत, सुन्दर डिजाइन, भूकम्प प्रतिरोधी, सकेसम्म वातावरण मैत्री आफ्नै घर बनाउने तिमिल्सिनाको रहर वर्षौंदेखिको हो । 

तिमिल्सिना आजसम्म आफूले गरेको दुःख र मेहनत घरको आँगनमा बसेर चिया पिउँदा बिर्सिने कुरा बताउँछन् । यति राम्रो डिजाइन आफ्नो सोच र प्राविधिकसँगको परामर्शबाट तयार भएको उनको धारणा छ । नेपाली मौलिक छाना, पिँढी, कौसी, आँगन, करेसाबारी, पार्किङ, सानो फूलबारी यो घरका बाहिरी विशेषता हुन् । साथै यहाँ लुगा धुने र सुकाउने ठाउँ पनि घरबाहिरै छ । पारिवारिक जमघटका लागि खुल्ला बैठकसमेत निर्माण गरिएको छ । 

सूर्योदय र सूर्यास्तको मजा लिन मिल्ने यो घरका कोठाहरू उज्यालो र हावाको वहावलाई समेत मिलाएर डिजाइन गरिएको छ । कुनै पनि कोठामा हावा गुम्सिने र पछि ढुसी लाग्ने समस्या नहोस् भनेर घर निर्माणमा विशेष ध्यान पुर्‍याइएको छ । 

इन्जिनियरिङ भाषामा लोड वेयरिङ भनिने (वाल स्टिम) अर्थात् विनापिल्लरको घर बनाउन लाग्दा धेरैले तिमिल्सिनालाई मोटा रड र पिल्लर हालेर घर बनाउन सुझाएका थिए तर उनले पिल्लरविना पनि भूकम्प प्रतिरोधक घर बन्छ भन्ने कुरा बुझिसकेका थिए । सोहीअनुसार आफ्नो आवश्यकता र चाहनाअनुसारको घर उनले छ महिनामै खडा गरे । अहिले उनको यही घर हेरेर सबै टोलाउँछन् । 

वर्षामा परेको पानी जमिनमा पठाउन एउटा इनार र पानी जम्मा गर्ने ट्याङ्की बनाउन नपाएकोमा भने उनलाई पछुतो छ । घरको छानाको स्लोप मिलेको हुँदा सोलार सिस्टम जोडेर विद्युत् खपत घटाउने उनको योजना भने पूरा हुन बाँकी छ जहाँबाट सबै कोठा, भान्सा र चोटामा जान मिल्छ । काठको भर्‍याङले यो घरको मौलिकतालाई प्रस्तुतु गरेको छ । घरमुलीको शयनकक्ष अर्थात् मास्टर बेड रुममा एटेज ट्वाइलेट छ । पाहुनाका लागि बनाइएको कोठा पनि कुनै होटलको डिलक्स रुमभन्दा कम सुविधा सम्पन्न छैन । खाद्यान्नका लागि स्टोर रुम, छोराछोरीको पढ्ने र सुत्ने कोठा पनि आफूले विशेष ध्यान पुर्‍याएर तयार गराएको उनको दाबी छ । यो घरका प्रत्येक भित्ता र कुनाहरूको सदुपयोग र सजावटले घरभित्र सुविधा मात्र उपलब्ध गराएको छैन मनै आनन्दित तुल्याउँछ । आधुनिक फलसिलिङ मल्टिइफेक्ट लाइटिङले साँझ घरको वातावरणले मन्त्रमुग्ध बनाउँछ । 

सिजनअनुसारका फल, हरियो दूबो एवं रंगीबिरंगी फूलले यो घरलाई निकै सुन्दर एवं आकर्षक बनाएको छ ।

 

 Image