Successfully Copied

नासी गोरिङ

चिकेन र प्राउन स–सानो डाइस कट काट्ने । चिकेनलाई ग्रिल तथा प्राउनलाई फ्राइ गर्ने । सम्बाल पेस्ट पकाउने र त्यसमा स्टिम राइस हाली माथिबाट पोच अण्डा राख्ने । तातो ग्रिल चिकेन, फ्राइड प्राउन क्राकर, पिनट सस, स्लाइस क्राकर तथा गोलभेंडाका साथ सर्भ गर्ने । 

सामग्री : चिकेन ५० ग्राम, प्राउन २० ग्राम, सनफ्लावर ओयल ३ चम्चा, होममेड साम्बल सस १ चम्चा, स्टिम राइस ३ सय ग्राम तथा अण्डा १ वटा ।

चिकेन साथेका लागि : चिकेन सुप्रिम २ वटा, कोकोनट मिल्क १० मिलिलिटर, धनियाँका हाँगा १० वटा, लसुन आधा चम्चा, हरियो खुर्सानी २ वटा, सख्खर १० ग्राम, नुन स्वादअनुसार, मरिच आधा चम्चा, लेमन ग्रास १० ग्राम तथा गल्यांगल १० ग्राम ।

प्राउन क्राकर २ पिस, होममेड पिनट सस २ चम्चा, फिस सस स्वादअनुसार, काक्रर २ स्लाइस तथा गोलभेंडा २ वटा लाइस आकारमा काटिएको ।

विधि : चिकेन र प्राउन स–सानो डाइस कट काट्ने । चिकेनलाई ग्रिल तथा प्राउनलाई फ्राइ गर्ने । सम्बाल पेस्ट पकाउने र त्यसमा स्टिम राइस हाली माथिबाट पोच अण्डा राख्ने । तातो ग्रिल चिकेन, फ्राइड प्राउन क्राकर, पिनट सस, स्लाइस क्राकर तथा गोलभेंडाका साथ सर्भ गर्ने । 

 Image