Successfully Copied

रंगाइएको केशको हेरचाह

वर्षामा गर्मीका कारण पसिना बढी निस्कन्छ । यसबाट केश चाँडै मैलो तथा चिपचिप हुन्छ । यो मौसममा जाडो यामको तुलनामा बढी स्याम्पु गर्नुपर्छ । त्यसैले कलर्ड केशका लागि बनाइएको माइल्ड स्याम्पु प्रयोग गर्नुपर्छ । यसबाट हेयर कलर सुरक्षित रहन्छ भने केश पनि नरम हुन्छ । 

    वर्षामा गर्मीका कारण पसिना बढी निस्कन्छ । यसबाट केश चाँडै मैलो तथा चिपचिप हुन्छ । यो मौसममा जाडो यामको तुलनामा बढी स्याम्पु गर्नुपर्छ । त्यसैले कलर्ड केशका लागि बनाइएको माइल्ड स्याम्पु प्रयोग गर्नुपर्छ । यसबाट हेयर कलर सुरक्षित रहन्छ भने केश पनि नरम हुन्छ । 

    कलर्ड केशलाई हावा, समुद्रको पानी, स्वीमिङ पुलको क्लोरिनयुक्त पानी आदिबाट जोगाउनुपर्छ किनभने क्लोरिनले केशको जरालाई कमजोर बनाउँछ । 

    सूर्यको अल्ट्राभ्वाइलेट किरणले पनि कलर्ड केशको चमक एवं कोमलतालाई हानि पुर्‍याउँछ । अतः घाममा बाहिर निस्कनुपूर्व क्याप वा छाता प्रयोग गर्नुपर्छ । समुद्र वा स्वीमिङ पुलको पानीमा जानुपूर्व सावर क्याप प्रयोग गर्न सकिन्छ । 

    बढी समय घाममा बिताउनुपर्ने काम छ भने कलर्ड केशलाई घामबाट जोगाउन स्याम्पु गरेपछि सनसिल्ड प्रयोग गर्नुपर्छ । यसमा युवी (अल्ट्राभ्वाइलेट फिल्टर) हुन्छ, जसले केशलाई सूर्यको किरणबाट जोगाउनुका साथै केशको कलर पनि लामो समयसम्म सुरक्षित रहन्छ । 

    स्याम्पु गरेपछि केश सुकाउनु, घाममा बस्नु तथा हेयर ड्रायर प्रयोग गर्नु हुँदैन । यसबाट केशको रंग चाँडै उड्छ भने त्यसको स्वाभाविक नरमपन पनि कम हुन्छ । त्यसैले केश छायाँमा सुकाउनुपर्छ । 

    कलर्ड केशको टेक्सचराइजिङ गराउँदा राम्रो लुक आउँछ र बढी आकर्षक देखिन्छ ।

    स्याम्पु गरेपछि कलर्ड केशमा कन्डिसनर तथा सिरम लगाउनुपर्छ । यसबाट केशको प्राकृतिक नरमपन, रंग तथा कोमलता कायम रहन्छ । 

 सधैं गुणस्तरीय हेयर कलर प्रयोग गर्नुपर्छ । पहिलो पटक कलर गर्दा पहिले कानको पछाडि थोरै मात्रामा हेयर कलर लगाएर दस मिनेटजति छोड्ने । कुनै प्रकारको रियाक्सन भएन भने मात्र केशमा प्रयोग गर्नु उपयुक्त हुन्छ ।

 

 Image