Successfully Copied

मल्टिप्रपोज फर्निचर

पहिलेजस्तो ठूला जग्गा एवं घरहरू कम हुँदैछन् । अहिले सानो जग्गामा घर बनाउने, सानो अपार्टमेन्ट वा हाउजिङमा बसोबास गर्नुपर्ने बाध्यता पनि छ । त्यस्तो बाध्यताका बाबजुद पनि मानिसहरू स्मार्ट घरमा बस्न खोज्छन् । दिनभरिको थकानबाट घर प्रवेश गरेपछि छुट्टै आनन्द आओस् भन्ने चाहना हरेकमा हुन्छ ।

पहिलेजस्तो ठूला जग्गा एवं घरहरू कम हुँदैछन् । अहिले सानो जग्गामा घर बनाउने, सानो अपार्टमेन्ट वा हाउजिङमा बसोबास गर्नुपर्ने बाध्यता पनि छ । त्यस्तो बाध्यताका बाबजुद पनि मानिसहरू स्मार्ट घरमा बस्न खोज्छन् । दिनभरिको थकानबाट घर प्रवेश गरेपछि छुट्टै आनन्द आओस् भन्ने चाहना हरेकमा हुन्छ ।

यद्यपि पहिलेजस्तो हरेक कोठामा हरेक प्रपोजका लागि छुट्टाछुट्टै हेबी फर्निचर राख्न भने पक्कै सम्भव छैन । यस्तो अवस्थामा विदेशमा पहिले नै चलिआएका मल्टिप्रपोज फर्निचर उपयुक्त हुनसक्छन् । यस्ता फर्निचरलाई स्पेस सेभिङ तथा मल्टिफङ्सनल फर्निचर पनि भनिन्छ । सानो कोठामा धेरै सरसामान राख्दा घरको स्वरूप अस्तव्यस्त हुनुका साथै अनाकर्षक पनि देखिन्छ । यसमा एउटै फर्निचरलाई बेड, टेबुल वा काउजका रूपमा प्रयोग गर्न सकिन्छ । त्यस्ता फर्निचरलाई सुत्ने बेला बेड अनि अरु 

बेला टेबुल तथा काउजका रूपमा प्रयोग गर्न सकिन्छ । 

थोरै मान्छे हुँदा थोरै फर्निचर देखिने हिसाबमा फोल्डिङ मेच बनाई टेबुलभित्रै लुकाई डिजाइन गर्न सकिन्छ । यसले कोठाको लुक्स पनि राम्रो देखाउँछ । अहिले फर्निचर शोरुमहरूमा पनि मल्टी फङ्सनल फर्निचर मेच, टेबुल, काउज, सोफा प्लस बेड उपलब्ध हुन्छन् । मिनिमन डिजाइन मन पराउनेहरूका लागि यस्ता फर्निचर स्मार्ट च्वाइस हुन सक्छन् । इन्टेरियर डिजाइनका लागि स्पेस पनि कम, एउटै फर्निचरले धेरैवटा काम गर्ने हुँदा पैसा पनि कमै खर्च हुन्छ । व्यस्त जीवनमा सानो ठाउँमा चिटिक्क एवं सफा रहन चाहनेहरूका लागि यो सही छनोट पनि हो ।

हरेक घरका लागि फर्निचर महत्वपूर्ण हुन्छन् । घरको लगभग ४० देखि ५० प्रतिशत भाग फर्निचरले नै ओगटेको हुन्छ । त्यस्तो स्थितिमा डेकोरेटिभ र प्रयोगका लागि उपयुक्त मल्टिप्रपोज फर्निचर उपयोगमा ल्याउन सकिन्छ । जस्तै फोल्डिङ डेस्क र वाल डेकोर, दराज र क्याबिनेट किचेन मर्फी बेड (बेड र वाल) आदि । 

 Image