Successfully Copied

वैशाख महिनाको राशिफल

अपेक्षाअनुरूप काममा सफलता मिल्दै जानेछ । सन्तान सुख मिल्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । साथीहरूसित रमाइलो जमघट हुनेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । आर्थिक पक्ष सुदृढ रहला । व्यावसायिक क्षेत्रबाट धन लाभ गर्न सकिन्छ । विभिन्न सरसामानको किनमेल

 

मेष

पारिवारिक घुमघामको अवसर जुट्नसक्छ । कुनै कुराको लाभ हुनेछ । कहिलेकाहीँ सानोतिनो कामका लागि पनि निकै खट्नुपर्नेछ । कामको धपेडीले गर्दा मनमा आक्रोश पैदा हुनसक्छ । धैर्य धारण गर्दै संयमित भएर काम गर्नु उपयुक्त हुन्छ । सकेसम्म कसैको अपेक्षा नगर्नु नै उचित हुन्छ । आफ्नो खुसी र स्वास्थ्यका निम्ति अलिकति समय छुट्याउनुहोला । दाम्पत्य जीवन सुमधुर रहनेछ । 

वृष

अपेक्षाअनुरूप काममा सफलता मिल्दै जानेछ । सन्तान सुख मिल्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । साथीहरूसित रमाइलो जमघट हुनेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । आर्थिक पक्ष सुदृढ रहला । व्यावसायिक क्षेत्रबाट धन लाभ गर्न सकिन्छ । विभिन्न सरसामानको किनमेल हुनेछ । कुनै नवीन कार्यमा संलग्न हुने मौका मिल्नसक्छ । 

मिथुन

योजनानुरूप काम सफल हुँदै जानेछ । मनमा भएको तनाव हट्नेछ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहला । घरमा विभिन्न सरसामग्रीको जोहो हुनेछ । माइती पक्षसित रमाइलो भेटघाट हुनेछ । व्यक्तिगत खुसीका लागि केही खर्च गर्नुपर्ला । मनोरञ्जक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । दाम्पत्य जीवनमा वैचारिक मतभेद भए पनि माया–प्रीति भने कायमै रहनेछ । 

कर्कट

बहुप्रतिक्षित कार्यमा सफलता मिल्नेछ । शुभ कार्यमा सहभागी हुने अवसर जुट्नेछ । कतैबाट आकस्मिक उपहार मिल्नसक्छ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । व्यावसायिक क्षेत्र सफल देखिन्छ । काममा सानातिना बाधा सिर्जना भए पनि त्यसको समाधान पनि निस्कनेछ । धैर्य धारण गर्दै संयमपूर्वक कार्य गर्नुमै आफ्नो भलो छ । आफ्नो इच्छानुसार समय व्यवस्थापन गर्न सकिनेछ । 

सिंह

कुनै कुरामा विशेष सफलता मिल्नेछ । पारिवारिक सुख–समृृद्धिमा वृद्धि हुनेछ । घरमा नयाँ सदस्यको आगमन हुनेछ । छोराछोरीबाट सुख एवं सन्तोष मिल्नेछ । आर्थिक पक्ष सुदृढ हुनुका साथै व्यावसायिक क्षेत्र पनि लाभदायक देखिन्छ । अनावश्यक खर्च हुनसक्ने भएकाले लगानी गर्दा ध्यान पुर्‍याउनुहोला । स्वास्थ्य एवं खानपानको राम्रो ख्याल गर्नसके सम्भावित स्वास्थ्य समस्या टर्नेछ । 

कन्या

मनमा द्विविधा भए पनि सकारात्मक ऊर्जाले काममा सहयोग पुर्‍याउनेछ । तपाईंको इच्छानुसार समय एवं कामको व्यवस्थापन हुनेछ । आफ्नो व्यक्तिगत खुसीका लागि समय निस्कनेछ । विभिन्न कुराको लाभ हुनेछ । छोराछोरीबाट अपेक्षित सहयोग प्राप्त हुनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । नवविवाहिताहरूले एक–अर्कालाई चित्त नबुझेको कुरा खुलस्त रूपमा भन्न सके सम्भावित विवाद टर्नसक्छ । 

तुला

दाम्पत्य जीवन सुखमय रहनेछ । काममा अपेक्षित सफलता हात पर्नेछ । कुनै कामविशेषले यात्रा गर्नुपर्ला । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्रमा उन्नति हुनेछ । रक्तचापको मात्रामा घटबढ हुनसक्छ । पेटका बिरामीहरूले यात्रा गर्दा सतर्क रहनुपर्नेछ । कहिलेकाहीँ राम्रो गर्दागर्दै पनि अपजस आइलाग्नसक्छ । आफ्नो कार्यक्षेक्रमा सत्रिय रहने प्रयत्न गर्नुहोला । 

वृश्चिक    

मनमा फुर्ती जाग्नेछ । काम गर्ने जाँगर बढ्नुका साथै मन पनि चंगा हुनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । छोराछोरीको खुसीका लागि केही खर्च होला । श्रीमान्सँग विवाद हुनसक्छ । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्नेछ । तपार्इंको रिस गर्नेहरू आफै तर्किन थाल्नेछन् । एक–अर्काको इच्छा–चाहनाको ख्याल राख्नसके दाम्पत्य जीवन सुमधुर रहनेछ । 

धनु

काम गर्ने जाँगर बढ्नेछ । मनमा भएको तनाव हटेर शरीर पनि स्वस्थ रहनेछ । आर्थिक लाभ लिन सकिनेछ । छोराछोरीले कुनै कुरालाई लिएर ढिपी गर्न सक्छन् । आफ्नो जोडीको इच्छा एवं मनसाय बुझी कार्य गरे दाम्पत्य जीवन सुखमय रहनेछ । आफ्नो खुसी एवं स्वास्थ्यका लागि पनि केही समय छुट्याउनुहोला । 

मकर

आफन्त एवं इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । व्यक्तिगत खुसीका लागि केही किनमेल हुनसक्छ । कसैकसैको बसाइ–सराइ समेत होला । कुनै कुराको लाभ हुनेछ । प्रायः सबै काम आफ्नै योजनानुरूप सम्पन्न हुनेछन् । एक–अर्काको मनको भाव राम्रोसँग व्यक्त गर्न सके आपसी माया एवं समझदारी वृद्धि हुँदै जानेछ । 

कुम्भ        

मनमा प्रसन्नता छाउनेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहला । समस्याहरू समाधान हुनेछन् । कुनै कामविशेषले यात्रासमेत गर्नुपर्ला । नवीन रोजगारीको सम्भावना पनि छ । आर्थिक पक्ष सबल रहनेछ । पारिवारिक खुसीका लागि केही खर्च हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहला । व्यक्तिगत कार्यमा पनि सफलता हात पर्नेछ । 

मीन

पारिवारिक सुख मिल्नेछ । सबैले तपाईंको सुख–दुःखको विचार गरेर काम गर्नेछन् । दाम्पत्य जीवन अपेक्षा गरेजस्तै सुखमय रहनेछ । कसैकसैले तपाईंको काममा ढिलासुस्ती गरिदिने एवं धोका दिने प्रयास गर्नसक्छन् । सकेसम्म आफ्नो काम आफै गर्ने प्रयास गर्नुहोला । कसैमाथि धेरै विश्वास नगरी आफ्नो गोपनीयतामा अडिग रहनुपर्नेछ । आफूलाई सधै सकारात्मक राख्ने प्रयास गर्नुहोला । 

 

 Image