Successfully Copied

मलाई कमेडी मन पर्छ : आँचल शर्मा

मलाई कमेडी एकदम मन पर्छ । कतिले त मलाई कमेडियन नै भन्छन् । सबैको कुरा सुन्दा म पनि राम्रो कमेडी गर्न सक्छु जस्तो लाग्छ । कहिलेकाहीँ क्यारिकेचर गर्न खोज्छु । धेरैले ऋषि धमलाको जनता जान्न चाहन्छन् को क्यारिकेचर रुचाउनुभयो । म रुवाउने, हँसाउने जस्तो पनि अभिनय गर्न सक्छु । 

अहिले केमा व्यस्त हुनुहुन्छ ?

म्युजिक भिडियोहरू त थुप्रै छन् । नयाँ कमेडी फिल्म दाल, भात–तरकारीमा समेत व्यस्त छु ।

शत्रु गतेपछि फेरि कमेडी चलचित्रमा देखिनुको कारण ?

मलाई कमेडी एकदम मन पर्छ । कतिले त मलाई कमेडियन नै भन्छन् । सबैको कुरा सुन्दा म पनि राम्रो कमेडी गर्न सक्छु जस्तो लाग्छ । कहिलेकाहीँ क्यारिकेचर गर्न खोज्छु । धेरैले ऋषि धमलाको जनता जान्न चाहन्छन् को क्यारिकेचर रुचाउनुभयो । म रुवाउने, हँसाउने जस्तो पनि अभिनय गर्न सक्छु । 

जसको कथाले मलाई तान्छ । म त्यसमा अभिनय गरिहाल्छु । 

कस्तो चलचित्रमा अभिनय गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ?

महिलाप्रधान चलचित्रमा काम गर्न मन छ । नेपालमा महिलासम्बन्धी थुप्रै कथा छन् । तिनलाई दर्शकमाझ सन्देशपूर्ण हिसाबले प्रस्तुत गर्न सकिन्छ । मलाई त्यस्ता वास्तविक कथामा आधारित चलचित्रमा अभिनय गर्न मन छ ।

सानोमा के बन्छु भन्ने थियो ?

नायिका त अडिसन दिनेबित्तिकै अचानक भएँ । वास्तवमा म वकिल बन्न चाहन्थेँ । अझै पनि त्यो सपना कायमै छ । मास्टर भर्खरै सकियो, हेरौं ? चलचित्रमा त मलाई भन्दा बहिनीलाई रुचि थियो । 

त्यसो भए एकपछि अर्को चलचित्र किन त ?

मैले कहिल्यै नायिका हुन्छु भन्ने सोचेकी थिइन । यद्यपि चलचित्रमा अभिनय गरेपछि अभिनयको लत लाग्दो रहेछ । राम्रो कथा र टिम आयो कि नाइँ भन्नै नसकिने ।

तपाईंका सबैभन्दा प्यारा व्यक्ति को हुन् ?

मेरो बुवा, बुवा नै मेरो वेस्ट फ्रेन्ड हुनुहुन्छ । म हरेक निर्णय बुवाकै सल्लाहमा लिन्छु । कुनै चलचित्रको अफर आएको छ भने पनि साइन गर्नुअघि बुवालाई स्क्रिप्ट सुनाउँछु । म कुनै पनि काम बुवाको चित्त दुखाएर गर्दिन ।

 Image