Successfully Copied

फुपू परिन् प्रतिबन्धमा

आखिर जुन कुराको डर थियो त्यही भएको छ । नेपाली जुडोले पाएको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली महिला स्टार फुपू ल्हामु खत्री प्रतिबन्धमा परेकी छिन् । उनलाई नेपाल जुडो संघले सन् २०२० सम्म कुनै पनि प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको हो । त्यसैले फुपू अहिले चलिरहेको

आखिर जुन कुराको डर थियो त्यही भएको छ । नेपाली जुडोले पाएको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली महिला स्टार फुपू ल्हामु खत्री प्रतिबन्धमा परेकी छिन् । उनलाई नेपाल जुडो संघले सन् २०२० सम्म कुनै पनि प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको हो । त्यसैले फुपू अहिले चलिरहेको राष्ट्रिय खेलकुदमा सहभागी हुन पाइनन् । 

त्यति मात्र होइन, तोकिएको समयमा दक्षिण एसियाली खेलकुद हुने हो भने त्यसमा पनि उनी सहभागी हुन पाउने छैनन् । ओलम्पिक्समा समेत नेपालको प्रतिनिधित्व गरिसकेकी फुपूले जापानको ओलम्पिक्स छात्रवृत्ति प्राप्त गरेकी थिइन् । 

उक्त छात्रवृत्ति आफैमा ठूलो थियो र त्यो जो–कोही खेलाडीले पाउने अवसर थिएन् । फुपू उक्त छात्रवृत्ति पूरा नहुँदै बीचमै छाडेर नेपाल फर्किएकी थिइन् । यही विषयमा रुष्ट जुडो संघले अन्ततः फुपूमाथि प्रतिबन्ध लगाएको हो र यो एक प्रकारले नेपाली जुडो इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो अनुशासनको कारबाही हो । तय छ, यो प्रतिबन्धले फुपूको खेल जीवनमा ठूलो धब्बा लगाएको छ ।

 

 Image