Successfully Copied

अभिनय कार्यशालामा रमाउँदै बालबालिका

हामी बालबालिका हौं, हामीहरू पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छौं’ भन्ने मूल भावका साथ लिटल थिएटर ग्यारेज : बालबालिकाका लागि नाट्य तथा अभिनय कार्यशाला यो वर्ष पनि सञ्चालनमा आएको छ । थिएटर मल तथा थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले

हामी बालबालिका हौं, हामीहरू पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छौं’ भन्ने मूल भावका साथ लिटल थिएटर ग्यारेज : बालबालिकाका लागि नाट्य तथा अभिनय कार्यशाला यो वर्ष पनि सञ्चालनमा आएको छ । थिएटर मल तथा थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले हरेक वर्ष आयोजित गर्ने कार्यशालाको यो पाँचौं संस्करण हो । 

कीर्तिपुरस्थित राराहिल स्कुलको सहकार्यमा स्थापित थिएटर मलमा सञ्चालन भैरहेको लिटल थिएटर ग्यारेजमा अहिले ३३ जना बालबालिका रमाइरहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ५ देखि १३ वर्ष उमेर समूहका बालबालिका कार्यशालामा सहभागी छन् । 

यो कार्यशालाको ढाँचा थिएटरका विभिन्न खेल तथा क्रियाकलापमार्फत अभिनयका साथमा उनीहरूको व्यक्तित्व विकासका सघाउ पुर्‍याउने उद्देश्यसाथ तयार पारिएको छ । बालबालिकाहरू कार्यशालामा कथावाचान, चित्रकला, नृत्य, वतृत्वकला, क्ले आर्ट तथा अभिनयका विभिन्न क्रियाकलापमा सहभागी भैसकेका छन् । 

कार्यशालाको अन्तिम दिन उनीहरूले अतिथि तथा अभिभावकहरूमाझ तीनवटा नाटक प्रस्तुत गर्दैछन् भने कार्यशालामा सिकेका र अभ्यास गरेका अन्य प्रस्तुति पनि त्यहाँ समेटिनेछन् । हरेक वर्ष चैत २० गते सुरु हुने १५ दिने कार्यशाला वैशाख ७ मा सम्पन्न हुनेछ । 

बालरंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संगठनको नेपाल सेन्टर आसितेज नेपालको सहकार्यमा कार्यशालालाई थिएटर मल र टिसिसी नेपालले २०७१ सालदेखि निरन्तरता दिँदै आएको छ । नेपालमा बाल रंगमञ्च स्थापना गर्दै यसको नियमितता र विकासका लागि खोलिएको थिएटर सेन्टर फर चिल्ड्रेनले आफ्ना नाट्य प्रस्तुतिहरू राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म मञ्चन गरिसकेको छ । गत फागुनमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागी हुँदै कीर्तिपुरमा पुनर्स्थापना भएको थिएटर मलले यही महिनादेखि नियमित नाटक मञ्चन थाल्दैछ ।

 

 Image