Successfully Copied

समरका लागि स्टाइलिस  र कम्फर्टेबल पहिरन 

समर ट्राभलिङका लागि हल्टर नेकयुक्त जम्प सुट्स परफेक्ट विकल्प हो । यसमा स्टाइलिस लुक प्राप्त गर्न यसलाई वाइड बेल्टसँग टिम अप गर्नु उपयुक्त हुन्छ । त्यसमा पनि यदि जम्पसुट हाई वेस्टेड छ भने अझ उत्तम हुन्छ । 

गर्मीमा बिदाको सदुपयोग गर्न भ्रमणको योजना बनाउँदै हुनुहुन्छ र उक्त समयमा आफूले लगाउने पहिरनका सम्बन्धमा सोच्दै हुनुहुन्छ भने त्यसका लागि स्टाइलिस र कम्फर्टेबल विकल्प यी हुन सक्छन् ः

हल्टर नेक जम्पसुट्स

समर ट्राभलिङका लागि हल्टर नेकयुक्त जम्प सुट्स परफेक्ट विकल्प हो । यसमा स्टाइलिस लुक प्राप्त गर्न यसलाई वाइड बेल्टसँग टिम अप गर्नु उपयुक्त हुन्छ । त्यसमा पनि यदि जम्पसुट हाई वेस्टेड छ भने अझ उत्तम हुन्छ । 

अफ सोल्डर टप र सोर्टस्

व्हाइट अफ सोल्डर टप र हाई वेस्टेड डेनिम सोर्टस्को जोडा पनि उपयुक्त विकल्प हुन्छ । यसले स्टाइलिस, कुल र बोल्ड देखाउँछ । 

सेपरेट्स

लेस, डेनिम, स्ट्राइप, रफल प्याटर्न भएका सेपरेट्स समर भ्याकेसनका लागि परफेक्ट हुन्छन् । यिनले स्टाइल र कम्फर्ट दुवै प्रदान गर्छन् । 

मिनी स्कर्ट

कोल्ड सोल्डर होस् वा नर्मल टपका साथमा फ्लेयर्ड मिनी स्कर्ट समर होलिडेजका लागि उपयुक्त स्टाइलिस विकल्प हो । 

क्युलट्स विद टप

कुनै पनि लाइट सेडको क्युलट्सका साथमा फुल व्हाइट टपको जोडा उपयुक्त हुन्छ । बोट नेक भएको टपबाट पनि पूर्ण स्टाइलिस लुक प्राप्त गर्न सकिन्छ र समर होलिडेजको पूरा आनन्द उठाउन सकिन्छ । 

हाई स्लिट म्याक्सी ड्रेस

म्याक्सी ड्रेस विशेषतः समर होलिडेज ट्राभलिङका लागि नै विकसित भएको हो । यसमा केही प्रयोग गर्न चाहने हो भने म्याक्सीको साटो हाई स्लिट म्याक्सी प्रयोग गर्न सकिन्छ । यसका साथमा स्लिम बेल्टको प्रयोग शोभनीय देखिन्छ । 

पलाजो विद सर्ट

यसपटकको समर होलिडेजमा प्रिन्टेड प्लाजो तथा प्लेन ब्ल्याक क्रप टपको जोडा समावेश गर्नु उपयुक्त हुन्छ । यसमा लामो समयसम्म कम्फर्टेबल महसुस गर्न सकिन्छ भने यसले व्यक्तित्वलाई स्टाइलिस एवं फेसनेबल पनि देखाउँछ ।

 

 Image