Successfully Copied

लोकगायिका डीक्रा बादी सम्मानित

 लोकगायिका डीक्रा बादीलाई नेपाल स्रष्टा समाजले सम्मान गरेको छ । काठमाडौंमा ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’द्धारा गायिका बादीलाई सम्मान गरिएको हो । सम्मानमा नगद ११ हजार १ सय ११ रुपैयाँ र कदरपत्र छ ।

बादीले लोकगीतमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरिएको समाजका अध्यक्ष विधान आचार्यले जानकारी दिए । कार्यक्रममा गीतकार यादव खरेल र कवि पुष्पा खनाले उनलाई कदरपत्र र नगद प्रदान गरेका थिए ।

सुदूरपश्चिममा ठाडी भाका गायन मार्फत लामो समयसम्म एक छक्र राज गरेकी लोकगायिका डीत्रा पछिल्लो एक दशकदेखि गुमनाम थिइन् ।

उनलाई पर्यटनकर्मी युवाहरुको संस्था ‘कन्सेप्ट नेपाल’ले काठमाडौं झिकाएर ११ फागुन २०७५ का दिन राष्ट्रिय नाचघरमा एकल डेउडा गायन कार्यक्रम गरेको थियो । त्यस लगत्तै ऊनको चर्चा चुलिएको छ । माग बढेको छ ।  

कार्यक्रममा गायिका डीत्राले केही गीत गाएर सुनाएकी थिइन् । अधिकारकर्मी दूर्गा घिमिरेको समूहले उनलाई पुरस्कारका लागि छानेको थियो ।

 Image