Successfully Copied

नेपाली बालिका विवाह गर्ने वैधानिक उमेर

सन् १९४७ मा नेपाली बालिकाको विवाह गर्ने वैधानिक उमेर ५ वर्ष थियो । १९६० मा औसत आयु ३५ वर्ष मात्र थियो । १९८० मा महिलाको साक्षरता दर ९ प्रतिशत मात्र थियो । आज नेपाली महिलाको विवाहको वैधानिक उमेर २० वर्ष छ भने नेपालीहरूको औसत आयु

सन् १९४७ मा नेपाली बालिकाको विवाह गर्ने वैधानिक उमेर ५ वर्ष थियो । १९६० मा औसत आयु ३५ वर्ष मात्र थियो । १९८० मा महिलाको साक्षरता दर ९ प्रतिशत मात्र थियो । आज नेपाली महिलाको विवाहको वैधानिक उमेर २० वर्ष छ भने नेपालीहरूको औसत आयु ७० वर्ष पुगेको छ र ६५ प्रतिशत महिला साक्षर छन् । 

सन् १९९० यता मातृ मृत्युदर ७५ प्रतिशतले घटेको छ जसबाट नेपाललाई सहस्राब्दी विकास लक्ष्य हासिल गर्न मद्दत पुगेको छ । ८० प्रतिशतभन्दा बढी महिला कार्यस्थलमा सक्रिय छन् । यसरी नेपाली महिलाको श्रम सहभागिता भारत (२७ प्रतिशत), बंगलादेश (५८ प्रतिशत) तथा चीन (६४ प्रतिशत) को तुलनामा निकै उच्च छ । 

८० प्रतिशत नेपाली महिला कार्यस्थलमा सक्रिय भए पनि ठूलो संख्यामा महिला कृषि, घरेलु काम वा शारीरिक श्रमजस्ता अनौपचारिक क्षेत्रमा केन्द्रित छन् ।  सीपमुखी, मध्यम आय व्यवसायमा ७८ प्रतिशत पुरुष तथा ४८ प्रतिशत महिला सहभागी छन् । 

 Image