Successfully Copied

फिमेल फेसनमा जे चल्तीमा छ

फेसन एसेसरिजतर्फ बकल सुजको लोकप्रियता बढेको छ । फुटवेयरतर्फ यो वर्ष रेट्रो स्टाइल ठूलो कमब्याकका रूपमा देखा परेको छ । कम्फर्ट वेयरका रूपमा भने स्निकर्सको लोकप्रियता कायमै छ । ७० तथा ९० को दशकताकाको थिन्क र चन्की शुजको फेसन पनि दोहोरिएको छ । 

फेसनका अनेकन् शैलीले नेपालीे बजारमा प्रवेश पाउँदै आएको छ । तीमध्ये केहीले महिलाहरूको वार्डरोबमा विशेष स्थान पाए । फेसनमा कलर शेडको कुरा गर्ने हो भने यो वर्ष वुमेन फेसनमा डिजाइनरहरूले टोमाटो रेडलाई विशेष प्राथमिकता दिइरहेका छन् । कोबाल्ट, एमराल्ड ग्रिन तथा ब्राइट यलो पनि उत्तिकै लोकप्रिय छन् । आल्मोन्ड शेड्स, पेल पिंक तथा पेल ग्रिन, क्रिम र पिंकको कम्बो बढी हिट छन् । कलरको सफ्ट शेडमा लभेन्डर र लिलाक निकै प्रचलनमा छ । वन् पिस ड्रेस,स्कर्ट, टप्स आदिमा यो रंगले विशेष प्राथमिकता पाउँछ । यस पटक क्लासिक एन्ड चिक स्टाइलमा मोनोक्रोमको प्रभाव पनि उक्तिकै छ । मोनोत्रोम तथा कलर ब्लकिङका वीच नियन ड्रेसिङले पनि आफ्नो स्थान बनाएको छ । 

यस पटक चेक्स फेसनमा निकै प्रभावशाली प्रिन्टका रूपमा देखा परेको छ । ब्लेजर तथा ट्राउजरमा मात्र नभई चेक्सको प्रभाव र प्रयोग सुट्सदेखि एसिमेट्रिकल टप्स तथा स्कर्टमा समेत देखिन्छ । ६० को दशकको हिट प्रिन्ट फ्लोरल पनि निकै रुचाइएको छ । फ्रिन्जलाई यो वर्ष ड्रेसदेखि कोट, ज्याकेट हुँदै ह्यान्ड ब्याग, फुट वेयर तथा हेड वेयरमा समेत देख्न पाइछ । प्रिन्टकै कुरा गर्दा यस पटक एनिमल प्रिन्ट पनि हिट स्टाइलका रुपमा देखा परेको छ । 

कम्फोर्ट वेयरका रुपमा चिनिएको जम्पसुट पनि निकै लोकप्रिय छ । यो शैलीमा क्लासिक फ्लाइट स्टाइल, रोम्पर्स, बक्सी तथा बोइस स्टाइल हिट छन् । पिभिसी अर्थात् प्लास्टिक पोलिभिनाइल क्लोराइडबाट बनेका फेसन शैली पनि निकै रुचाइएको छ । ज्याकेट, ट्रेन्च कोट, पाइन्ट, ब्याग तथा फुटवेयरमा पिभिसीको प्रभाव देखिन्छ । 

पार्टी कलेक्सनमा फिटिङ्युक्त क्लासी गाउनले स्थान पाइरहेको छ । वेस्टर्न गाउनका साथमा ट्रेडिसनल ज्वेलरीको फ्युजन लुक लोकप्रिय छ । पार्टीका लागि अल टाइम फेभरेट मानिएको एलबिडी अर्थात् लिटिल ब्ल्याक ड्रेसप्रतिको लगाव र झुकाव सदावहार पाइन्छ । पार्टी वेयरमा एम्बेलिस्ड सियर केपलाई गाउन, अनारकली, साडी, जिन्स साथमा प्रयोग गरेर सुपर स्टाइलिस छवि अँगाल्नेहरूको कमी देखिंदैन । केप्स जस्तै पोन्चोले पनि यो वर्ष आफ्नो जादु देखाइरहेको छ । 

फ्लोरलेन्थ अनारकली पनि पार्टीका लागि राम्रो विकल्प हो । पार्टी परिवेशमा यो वर्ष ग्लिटरी फेब्रिक कपर, बनर्ट ओरेन्ज, रेज गोल्ड, ब्ल्याक, नेवी ब्लु, ग्रे, मरुन आदि रंग बढी प्रचलित छन् । सोल्डर कट, वन सोल्डर, अफ सोल्डर भएका मोर्डन ड्रेसहरूले पार्टी कलेक्सनमा राम्रो स्थान पाउँछन् । 

अहिले स्लिब्सका साथ खुबै एक्सपेरिमेन्ट गरिएको पाइन्छ । स्लिब्सको लेन्थ ठूलो भएको देखिन्छ भने यो शैली ट्रेन्डी लुकमा हिट छ । राम्रो फिटिङ भएको क्लासिक ब्लेजर पनि पार्टी परिवेशमा पपुलर छ । ब्लेजरको विशेषता भनेकै हरेक बडी टाइपमा राम्रो देखिनु हो त्यसैले यो जिन्स, ड्रेस, साडी वा स्कर्ट सबैसित जोडाका रूपमा देखिन्छ । ज्याकेटजस्तै ट्रेन्डी सल, स्कार्फ, ट्रेन्च कोट, लङ ज्याकेट आदिको पनि राम्रै प्रभाव छ ।

टाइमलेस ट्रेडिसनल साडीतर्फ कान्जीवरम, बनारसी आदिको क्रेज कायमै छ । राम्रो फिटिङ भएको डल गोल्ड, सिल्भर तथा रेड ब्लाउज फिमेल वार्डरोवको अभिन्न अंगका रूपमा रहेका छन् । विशेष गरी वैवाहिक समारोहमा साडीका साथमा क्रप टप प्रयोग भएको पाइन्छ । इन्गेज्मेन्ट वा वेडिङ समारोहमा प्लाजोका साथ सर्ट टप र श्रग, सर्ट टपका साथमा जोधपुरी पाइन्ट आदिको प्रयोग बढी हुन्छ । ट्रेडिसनल वेयरमा साडी, गाउन, सरारा, ड्रेप्ड साडी, फ्लोरलेन्थ अनारकली आदि फेसनमा छन् । 

वाइल्ड, कार्टुनिस तथा चाइल्ड लाइक स्टाइलका रुपमा परिचित हाराजुकु फेसन पनि फेसनप्रेमीहरू माझ लोकप्रिय छन् । लो राइज जिन्स, सानो आकारको ब्याग, बुट कट् जिन्स, स्लिन्की पार्टी टप्स, म्याट्रिक्स स्टाइल सनग्लास, कार्गो पाइन्टले पनि फेसनमा पुनरागमन गरेका छन् । ९० को दशकताकाको हिट स्टाइल मध्येको एक स्लीप ड्रेससित टी शर्ट तथा युटिलिटी बुटको जोडा, ब्यागी जम्पर र हुडीका साथमा मिडी स्कर्ट, क्रप टप र हाई बेस्ट स्टोन वास्ड जिन्सको जोडा लगाउनेहरू पनि निकै देखिन्छ । 

डे टु डे रेग्युलर वेयरमा जिन्स, ट्राउजर, फर्मल सर्ट, प्रिन्टेड ज्याकेट, ए लाइन ड्रेसहरू, लङ तथा मिडी ड्रेस, पेन्सिल स्कर्ट, एसिमिट्रिकल टप आदिले प्राथमिकता पाउँछन् । ट्रेडिसनल वेयरतर्फ लङ कुर्ताका साथ प्लाजो बढी प्रचलनमा देखिन्छ । फ्रेस एन्ड यङ लुकमा फ्लोरल प्रिन्ट, चेक्स, स्ट्राइप्स, डिजिटल प्रिन्ट्स जस्तै मोर्डन प्रिन्ट्स बढी लोकप्रिय मानिन्छन् । लङ कुर्ताका साथमा स्कर्टर स्कार्फ तथा म्याक्सी ड्रेसका साथमा लङ कुर्ता, रेगुलर जिन्स टिसर्टका साथमा लङ ज्याकेट एवं स्कार्फको जोडा निकै चलेको छ ।

फेसन एसेसरिजतर्फ बकल सुजको लोकप्रियता बढेको छ । फुटवेयरतर्फ यो वर्ष रेट्रो स्टाइल ठूलो कमब्याकका रूपमा देखा परेको छ । कम्फर्ट वेयरका रूपमा भने स्निकर्सको लोकप्रियता कायमै छ । ७० तथा ९० को दशकताकाको थिन्क र चन्की शुजको फेसन पनि दोहोरिएको छ । 

८० को दशक ताकाको ओभर साइज इयरपिस तथा लेयर्ड नेकलेस पनि धेरैको रोजाइमा छ । इयररिङमै शोल्डर ग्रेजिङ स्टेट्मेन्ट इयररिङ पनि पपुलर एक्सेसरिज मानिन्छ । बेकर बोय ह्याट, फरक फरक स्टाइलका बेल्ट ब्याग, छोटो लम्बाइको स्ट्राप भएको क्रसबडी ब्याग, क्लासिक टोट्, क्लचेज्, राउन्ड बास्केट ब्यागजस्ता स्ट्र ब्यागहरू पनि लेडी वार्डरोब पार्टनरका रुपमा देखा परेका छन् । स्लिम, न्यारो तथा शार्प स्टाइल भएका रेट्रो लुकमा चिनिने म्याट्रिक्स ग्लासेज् आइवेयर फेसनमा सर्वाधिक लोकप्रिय छन् ।

 

 Image