Successfully Copied

केशको हेरचाह

 केश बढ्नु–घट्नुमा हामीले प्रयोग गर्ने स्याम्पु तथा कन्डिसनर पनि जिम्मेवार हुन्छ । प्रयोग गरिरहेको स्याम्पु तथा कन्डिसनरका कारण केश झरेको छ भने तुरुन्तै परिवर्तन गर्नुपर्छ । 

    केश बढ्नु–घट्नुमा हामीले प्रयोग गर्ने स्याम्पु तथा कन्डिसनर पनि जिम्मेवार हुन्छ । प्रयोग गरिरहेको स्याम्पु तथा कन्डिसनरका कारण केश झरेको छ भने तुरुन्तै परिवर्तन गर्नुपर्छ । 

    बारम्बार काँटछाँट गर्दा पनि केश लामो हुन्छ । केश बिग्रियो, भाँचियो भने लामो हुँदैन तसर्थ केशलाई एउटै सेपमा कोर्नुपर्छ र नियमित काँटछाँट गराउनुपर्छ । 

    कतिपय महिलाले आफ्नो लामो केशलाई गम्छा लगायतका कपडाले बाँधेर निचोरेको पाइन्छ । गम्छाले केश बेर्दा केश चुँडिनुका साथै जरा कमजोर हुन्छ । नुहाइसकेपछि केशलाई हल्का छोडिदिनुपर्छ र स्वाभाविक रूपमा सुक्न दिनुपर्छ ।

    केश मनतातो पानीले पखाल्नु उपयुक्त हुन्छ । यसले केशको चायाँ कम गर्छ । मनतातो पानीले केशको छाला सफा बनाइदिने भएकाले नुहाएपछि तेल, केश टोनिक, कन्डिसनरजस्ता वस्तु केशको जरासम्म पुग्न पाउँछन् । 

 Image